एनआरएनए आईसीसी निर्वाचनमा युवा संयोजकका लागि युएईबाट सुदीप कार्कीको बलियाे उम्मेदवारी

मूलखबर संवाददाता
काठमाडौं, २४ भदाै ।

गैरआवासिय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिदै गर्दा संभावित उम्मेदवारहरुको चहल पहल पनि बढ्दै गएको छ । नयाँ कार्य समितिको लागि आगामी अक्टोवर १५ देखी १७ तारिख सम्म नेपालमा हुन गइरहेको नवौं विश्व सम्मेलनको निर्वाचनका लागि एनआरएनए आईसिसि युवा संयोजक पदका लागि उम्मेद्वार बन्ने घोषणा गरेका छन् एक लोकप्रिय युवाले , जसले कम उमेरमै एनआरएनएको विभिन्न कार्यसमितिमा बसेर अत्यन्तै राम्रो कार्य सम्पादन गर्न सफल भैसकेका छन् । युवा संयोजकका लागि उम्मेदवार बन्दै गरेका लोकप्रिय युवा हुन् सुदिप बहादुर कार्की ।

एनआरएनए युएईमा सन् २०१३ देखि सन् २०१५ सम्म उपाध्यक्षका रुपमा र सन् २०१५ देखी सन्२०१७ सम्म अध्यक्षका रुपमा अत्यन्तै कुशलतापूर्वक भुमिका निर्वाह गरिसक्नुभएका कार्कीले २०१७ देखी २०१९ सम्मका लागि आइसिसि सदस्यका रुपमा भुमिका निर्वाह गरिरहनुभएको छ ।

सानै उमेरदेखी नै समाजसेवामा चासो राख्दै आफ्नो भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएनए भित्र परिचित नाम हो । युएई जहाँ लाखौं नेपालीहरुको रोजगारीको गन्तव्य बनेको छ त्यहाँ उनले आफ्नो कार्यकालमा अप्ठ¥यारोमा परेका श्रमिक र दक्ष जनशक्तिका रुपमा गएका युवाहरुको पक्षमा गरेका सकारात्मक प्रयासहरुका कारण नै उनी लोकप्रिय बन्न सफल भएका हुन् । कम उमेरमै उनमा देखिएको नेत्तृत्व गर्नसक्ने क्षमता नै उनको परिचय बनेको छ । उनी एनसिसि अध्यक्ष बन्दा सबैभन्दा कम उमेरमा एनसिसि अध्यक्ष बन्न सफल भएका व्यक्ति हुन् ।

आफुहरु जुन कारणले विदेशिनु परेपनि अब विदेशिने क्रम रोकिनुपर्ने र विदेशिएका नेपालीहरुले सिकेको शिप र क्षमतालाई विस्तारै नेपालमै व्यवसाय गर्न प्रेरित गर्नुपर्ने लक्ष्य उनले बनाएका छन् । विश्व भर विभिन्न कुनामा छरिएर रहेका युवाहरुलाई समेट्नु र उनीहरुले भोगेका समस्यालाई हल गर्नु आफ्नो उदेश्य रहेको बताउँदै युवा संयोजकमा काम गर्ने अवसर आफुलाई प्राप्त हुनेमा विस्वस्त रहेको उनले बताए ।

विश्वभर नेपालका मौलिक उत्पादनलाई पु¥याएर देशविकासमा टेवा दिने धारणा राख्दै उनले आफ्नो लक्ष्य अन्तत विदेशिएका युवालाई नेपालमा फर्काएर नेपालमै प्रयाप्त रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु रहेको छ । त्यसैगरी विश्वका विभिन्न मुलुकमा रहेका कुटनीतिक नियोग संगको सम्बन्धलाई व्यवस्थित पार्ने योजना पनि कार्की संग छ । आज सम्म भएका सबै निर्वाचनमा कार्की अत्यन्तै भारी मतका साथ विजयी हुदै आएका छन् ।

उनमा देखिएको कुशल नेत्तृत्व क्षमताकै कारण उनी युवाहरुका साथै एनआरएनएमा परिचित  बन्न पुगेका हुन् । उनी मध्य पूर्वको क्षेत्रमा मात्र नभै विश्वका धेरै देशमा परिचित छन् ।