एनआरएनए नेदरल्याण्डमा श्रीराम कँडेल अध्यक्ष, मनाेहरि शर्मा आइसीसी सदस्य र मिम पुर्जा वरिष्ठ उपाध्यक्षमा निर्वाचित, अरू काे काे आए ?

मूलखबर संवाददाता
काठमाडौं, २२ भदौ


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदर्ल्याण्डको आठौ आधिवेशन बाट श्रीराम कंडेल अध्यक्षमा र ठाकुर प्रसाद शर्मा (मनोहरी) आइ सि सि मा सर्वसम्मत हुनु भएको छ ।

नवनिर्वचित कार्यसमितिमा बरिष्ठ उपाध्याक्षमा मिम पुर्जा, उपाध्यक्षमा क्रमस: अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरमानी पराजुली, हिरन्य ओझा र कुश बज्गाइँ, महिला उपाध्यक्षमा बर्षा खड्का, महासचिवमा संघर्शसिल के सि र कोषाध्यक्षमा खेम सापकोटा निर्वचित हुनु भएको छ ।

श्रीराम कंडेलको नेत्रित्वमा चयन भएको कार्यसमितीले समस्त समाजलाई समेटेर सबैको अपनत्व र सहआस्थित्व कायम गरेको एनअारएनए युराेपका अध्यक्ष शिव कुमार बरूवालले बताउनुभयाे ।

नेपाली समाजका बिभिन्न तह र तप्काको सम्मानजनक प्रतिनिधित्व हुने गरि चयन भएको एतिहासिक कार्यसमिती नेपाली समाजको प्रतिविम्बकै रुपमा समावेशी ढंगले निर्माण गरिएको उहाँको भनाइ छ । नवनिर्वाचित समितिलाई बभाई तथा शुभकामना दिँदै उहाँले निवर्तमान अध्यक्ष मनाेहरि शर्माकाे नेतृत्वको काय्रकालकाे प्रशंसा गर्नुका साथै थप नेपालीहरूलाई समेट्न पनि नयाँ समितिलाई  अाग्रह गर्नुभएको छ  ।

पुर्व अध्यक्ष तथा अाईसिसि सदस्य नारायण अाचार्यकाे संयाेेजकत्वमा बनेकाे निर्वाचन समितिले सहमतिका साथ सर्वसम्मत नेतृत्वको चयन गरेकाे थियाे ।