प्रधानमन्त्री ओली नियमित काम गर्न सक्षम : चिकित्सक

मूलखबर संवाददाता
काठमाडौं, २० भदौ
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री अब आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्षम रहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई बैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच)मा पूरा भएको बताउनुभयो । प्रधानमन्त्री ओली मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचारको लागि ओली गत ५ भदौमा दोस्रो पटक सिंगापुर जानुभएको थियो ।
यसअघि प्रधानमन्त्री ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर साउन २७ गते फर्कनुभएको थियो ।