बालुवाटार जग्गा प्रकरण : ५८ जनालाई अख्तियारले बाेलायाे

मूलखबर संवाददाता
काठमाडौं, १८ भदौ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई छानबिनको दायरामा ल्याएको छ । त्यसक्रममा ५८ जनाको सूची बुधवार बिहान गोरखापत्रमा प्रकाशित गरेको छ ।

५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएका छन्।

दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन। कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो।

२०६७ सालको मन्त्रिपरिषदको निर्णयमाथि के गर्ने भन्नेवारे अख्तियारले टुंग्याइसकेको छैन।