प्रधानमन्त्री ओली भेट्न गाैतम र पाैडेल आज सिंगापुर जाँदै

मूलखबर संवाददाता
काठमाडौं, १७ भदौ

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका संगठन विभाग प्रमुख बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् ।

सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटलमा उपचार गरिरहेका प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अवस्था बुझ्न मंगलवार दुवै नेता त्यसतर्फ जाने भएका हुन् ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री गत भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारउन्मुख भईरहेको छ । नेकपा संसदिय दलका नेता सुवास नेम्वाङसंग प्रधानमन्त्री ओलीले आईतवार सांझ टेलिफोन सम्र्पक गरी विद्येयक र सत्य निरुपण आयोगको विषयमा छलफल समेत गरेका थिए ।