एनआएनए मलेसियाको अधिवेशन शुरु, नयाँ कार्यसमितिले पदभारग्रहण समेत गर्ने

मूलखबर संवाददाता
काठमाडौं, १५ भदौ

गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अधिवेशन शुरु भएको छ ।
मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा शुरु भएको अधिवेशनमा एनआएनएको केन्द्रीय अध्यक्ष भवन भट्ट लगायत उच्च पदाधिकारी र आसिसि सदस्यहरुको सहभागिता रहेको छ ।

मलेसिया नेपालको अर्थतन्त्र धान्ने प्रमुख आधार रेमिट्यान्सको प्रमुख स्रोत मुलुकका रुपमा रहँदै आएको छ । एनआरएनए आइसिसीको नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा हुन लागेको मलेसियाको अधिवेशनमा एनआरएनएका शीर्ष नेतृत्वहरुसमेतको उपस्थिति भएको हो ।

एनआएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथिको रपमा महामहिम राजदूत रहनुभएको छ भने एनआरएनएका सल्लाहाकार गोबिन्द सुबेदी, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सचिब डिबि क्षेत्री,सचिब जानकी गुरुङ , एनआरएनए ओसयिाना संयोजक धर्मराज अधिकारी, एनआरएनए एसिया संयोजक किरण थापा , एनआरएनए अमेरिका संयोजक गौरी जोशी, एनआरएनए मध्यपुर्ब संयोजक आर के शर्मा , एनआरएनए प्रबक्ता भूषण घिमिरे , एनआरएनए युवा संयोजक सुदन थापा, एनआरएनए आईसीसी सदस्य महेश श्रेष्ठ, मनोज गोर्खाली लगायत अतिथिका रुपमा सहभागि रहेका छन् ।
यस कार्यक्रममा नवनिर्वाचित नेतृत्वको कार्यसमितिले पदभारग्रहण गर्ने कार्यतालिका पनि छ छ । यस अघि निर्वाचनमा मलेसियामा सहमतिको आधारमा हरि भट्टराईको अध्यक्ष्तामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।