एनआरएनए कतारको अधिवेशनमा केन्द्रीय पदाधिकारी उम्मेदवारका लर्को, यस्तो देखियो अधिवेशन तस्विरमा

मूलखबर संवाददाता
कतार

करीब ४ लाख नेपाली कामदार रहेको कतारस्थित गैर आवासिय नेपाली संघ कतारको अधिबेशनमा एनआरएनए केन्द्रीय पदाधिकारीका उम्मेदवारको लर्को देखिएको छ । अगष्ट ३० मा सम्पन्न भएको एनआएनए कतारको अधिवेशनमा केन्द्रीय अध्यक्ष्षका दावेदार तथा उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, वर्तमान महासचिव बद्री केसि, सचिब डिबि क्षेत्री, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए अमेरिका संयोजक गौरी जोशी सहभागि भएका थिए । त्यसैगरी एनआरएनए आईसीसी सदस्य राजु सैयद, मनोज गोर्खाली, एनआरएनए युएईका नबनियुक्त अध्यक्ष प्रकाश कोईरालालगायत पनि अधिवेशनमा सहभागि भए ।

एनआरएनए मध्यपुर्बका देशहरुमा एनसिसि कतारमा सबैभन्दा बढी सदस्यता रहेको एनआरएनए कतारको गत २३ अगस्टमा सम्पन्न निर्वाचनबाट २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा कार्यसमिति र आइसिसि सदस्यहरु निर्वाचित भएका थिए । निर्वाचनमा मुक्तदाले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई फराकिलो मतले पराजित गरेका थिए । मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेर बिजय भएका थिए भने प्रतिस्पर्धी कटुवालले १ हजार १ सय २६ मत प्राप्त गरेका थिए । निर्वाचनमा आईसीसी सदस्यमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल विजयी भएका छन् ।

यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समुहकै उत्तम गुरुङ विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का विजयी भएका छन् भने महासचिवमा पदम गिरि विजयी भएका छन्। त्यसैगरी सचिवमा अफ्सर खान र नेत्र भुजेल ९नियम० विजयी भएका छन् । कोषाध्यक्षमा विनोद प्रसाद बसौला र सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् ।

त्यसैगरी युवा संयोजकमा रविन मगर चयन भएका छन् । महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध भएका थिए।
यस्तै सदस्यहरुमा गजेन्द्र राई , सुनिल कुमार घिमिरे , केशव राज कार्की , ओम बहादुर क्षत्री (सन्तोष क्षत्री), केशव प्रसाद खनाल, गोपाल खतिवडा, नरेश श्रेष्ठ, राजु राई, ज्वाला शाही, झविन्द्र आचार्य , घनश्याम जैशी, बालकृष्ण न्यौपाने, अवधेश कुमार मण्डल, अव्दुल खालिङ शेख, सेवक वि।क, संजय रजक, शेख अव्दुल राजिक, मो. सकिल अहमद विजयी भएका छन् ।

दोहास्थित नेपाली राजदूतावासमा सम्पन्न भएको निर्वाचनमा लेखा संयोजकमा मुख्तार आलम, लेखा सदस्यमा कबिन्द्र कँडेल र पुरुषोत्तम लामिछाने विजयी भएका छन् ।





 

तस्विर सौजन्य : रामजी बगाले