टीकापुर घटना राजनीतिक, चौधरीमाथी अन्याय गरियो : बैद्य
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले टिकापुर घटना राजनीतिक भएको भन्दै रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् ।
टीकापुर घटना राजनीतिक काण्राण्बाट सिर्जित भएकाले यसमा देखा परेको समस्या राजनतिक ढंगले नै हल गरिनुपर्ने तर्क गर्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’
थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।
अर्को एक प्रशंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको आरोप लगाए । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी छ ।