
जथाभावी पार्किङ गरेको यातायात मन्त्रीकै गाडिमा ‘व्हिल लक’, १ हजार जरिवाना
जथाभावी पार्किङ गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ‘व्हिल लक’ लगाएको छ ।
मंगलबार राति नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्ड अगाडि सडकमा पार्किङ गरेको अवस्थामा लक लगाएको हो ।
‘मन्त्रीज्यू नजिकै भेटभघाटमा गएको बेला चालकले सडकमा पार्किङ गरेको अवस्थामा लक लगाएको हो’ एक ट्राफिक प्रहरीले ई–कान्तिपुरसँग कुराकानी गर्दै भने, ‘अरु १०र१५ वटा गाडीमा पनि व्हिल लक लगाएको हौं ।’ चालकको सबै कागजागत नियन्त्रणमा लिएर एक हजार जरिवानासमेत गरिसकेको ती ट्राफिकले बताए ।
