राजधानीमा नाडा अटो मेला शुरु : यस्ताे छ नाडाकाे इतिहास

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ ।
राजधानीमा अटो मेला शुरु भएको छ । प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो ।

अटो सोलाई अटो मोबाइल्स क्षेत्रकै कुम्भ मेलाको रूपमा चित्रण गर्ने गरिन्छ । त्यसो त नेपालमा उपलब्ध सबै खाले अटो प्रोडक्ट तथा ब्रान्डहरुका गाडीहरु यसै सोमार्फत प्रदर्शन गरिने हुनाले पनि त्यसो भनिएको हो ।

सन् १९९८ बाट नेपालमा आयोजना गर्न थालिएको अटो सोले २०१९ सम्म आइपुग्दा १३ वटा सो प्रदर्शन गरिसकेको छ । सन् २०१० सम्म नाडा अटो सो दुई वर्षमा एक पटक मात्र हुने गरेको थियो । पछि सन् २०११ को अटो सोपश्चात भने वार्षिक रूपमा निरन्तर अटो सोको आयोजना हुँदै आएको छ । यस वर्षको अटो सो १४औँ संस्करणको सो हो ।

यस वर्ष २३ ब्रान्डका चारपाङ्ग्रे सवारी साधन, १९ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुले अटो सोमा सहभागीता जनाउँदै छन् ।

भाद्र १० गतेदेखि १५ गतेसम्म ६ दिन राजधानीको भृकुटी मण्डपमा आयोजना हुने यस अटो मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने आयोजक नाडाले जनाएको छ ।

यस्तो छ नाडा अटो सोको इतिहासः

पहिलो अटो सो

मिति- २०५५ कात्तिक १९–२२, ५–८ नोमेम्बर १९९८

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – २६

दोस्रो

मिति -२०५७ असोज ७–११, २२–२६ नोमेम्बर २०००

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक- नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – ३१

तेस्रो

मिति स् २०६० फागुन ६–१०, १८–२२ फेब्रुअरी २००४

स्थान – वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

आयोजक – नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – ६२

चौथो

मिति- २०६४ असोज १०–१४, २७ सेप्टेम्बर–१ अक्टोबर २००७

स्थान – वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

आयोजक – नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – ४३

पाँचौँ

मिति -२०६७ भाद्र १२–१६, २८ अगस्ट–१ सेप्टेम्बर २००९

स्थान -भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – ३२

छैटौँ

मिति -२०६८ भाद्र २१–२५, ७–११ सेप्टेम्बर २०११

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – ३८

सातौँ

मिति – २०६९ असोज ३–७, १९–२३ सेप्टेम्बर २०१२

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमाबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज ९संयुक्त०

सहभागी कम्पनी – ५५

आठौँ

मिति – २०७० भाद्र २६–३१, ११–१५ सेप्टेम्बर २०१३

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन

सहभागी कम्पनी – ४०

नवौँ

मिति – २०७१ भाद्र १८–२३, ३–८ सेप्टेम्बर २०१४

स्थान -भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन

सकभागी कम्पनी – ५०

दशौँ

मिति – २०७२ भाद्र २९– असोज ३, १५–२० सेप्टेम्बर २०१५

स्थान -भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन

सहभागी कम्पनी – ६५

एघारौँ

मिति – २०७३ भाद्र १४–१९, ३० अगस्ट–४ सेप्टेम्बर २०१६

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी- ७४

बाह्रौँ

मिति – २०७४ भाद्र १३–१८, २९ अगस्ट–३ सेप्टेम्बर २०१७

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी – ८३

तेह्रौँ

मिति – २०७५ भाद्र २६–३१, ११–१६ सेप्टेम्बर २०१८

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी – १३४

चौधौँ -यस पटक०

मिति – २०७६ भाद्र १०–१५, २७ अगस्ट–१ सेप्टेम्बर २०१९

स्थान – भृकुटी मण्डप प्रदर्शनी हल

आयोजक – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

सहभागी कम्पनी – १४०

– रातोपाटीबाट