
नेकपा नेता कार्यकर्ताले सार्वजनिक रुपमा टिका टिप्पणी गरेमा कारवाही गर्ने सचिवालय निर्णय
नेकपाले पार्टी अनुशासनलाई कडाई गर्नका लागि सार्वजनिक रुपमा एक अर्का विरुद्ध टिका टिप्पणि गर्न नपाइने र कुनै विषयमा छलफल गर्नुपरेमा पार्टी कमिटिभित्र गर्ने निर्णय गरेको छ ।
आज धुम्वाराहीमा बसेको नेकपा सचिवालय बैठकले यदि कसैले पार्टी अनुशासन विपरित कार्य गरेमा कारवाही गरिने समेत निर्णय भएको र पार्टी अनुशासनलाई कडाई पूर्वक लागु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको हो ।
