कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

पत्रकार विनय अधिकारीद्वारा एनआरएन आइसिसि सचिवमा उम्मेदवारी घोषणा

मूलखबर संवाददाता
काठमाडौं

पत्रकार तथा युवा व्यवसायी विनय अधिकारीले गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । चितवन जिल्ला कुरिनटार स्थायी घर भई वेलायतमा कार्यरत अधिकारीले अक्टोबरमा काठमाडौँमा हुन लागेको नवौं सम्मेलनमा सचिव पदमा उम्मेद्बारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघलगायत अन्य थुप्रै सामाजिक सघ संस्थामा आबद्ध रहँदै आएका अधिकारी गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिव हुन् । आफ्नो कार्यकालमा अत्यन्त सफल बनेका अधिकारीले अन्तराष्ट्रिय रुपमा आफ्नो भुमिका विस्तार गरी वास्तविक रुपमा विदेशमा रहेका नेपालीहरुको हक हित र नेपालको विकास र समृद्धिको लागि काम गर्न उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

डेढ दशकदेखि प्रवासमा रहि विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएन युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।

केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार हुन् ।

लामो समयदेखि बेलायतमा व्यवसाय गर्दै आएका अधिकारी एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता, समावेशिता, सामूहिक एकता, सबै नेपालीबीच एकता आजको एनआरएनएको आवश्यकता भएको बताउँछन् ।
उनले आफूसँग नेपालको शिक्षा, स्वास्थ्य, प्रविधि र रोजगारीको विभिन्न योजना रहेको बताएका छन् । एनआरएनले नेपालको समृद्धि र विकासको पक्षमा काम गर्नुपर्ने उनको धारणा छ । उनले आफूलाई कुनै दल विशेष भन्दा पनि नेपाल र नेपालीको समृद्धिको लागि आफूलाई विजयी गराउन अपील गरेका छन् ।

छान्नुहोस् र सुन्नुहोस्