एनआरएनए युरोप सयोजक शिव बरुवालले केन्द्रीय सचिवमा उम्मेद्वारी दिने

मूलखबर संवाददाता
काठमाडौं

आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुन गैरहेको एन आर एन ए आइ सि सि को नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एन आर एन ए युरोप सयोजक शिव कुमार बरुवालले एन आर एन ए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचीव पदमा उम्मेद्बारी दिनुहुने भएको छ ।

युरोप सयोजकको हैसियतले २ बर्से कार्यकाल सफलतापुर्बक सम्पन्न गरिसकेका उहाँले आगमी दिनमा एन आर एन ए को अभियानलाई अझ समृद्ध र सुदृढ गरी सबै गैर आवासीय नेपाली हरुको अपनत्व हुने गरि एन आर एन को नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एन आर एन लाई अझ बलियो पार्ट्नरको रुपमा स्थापित गर्न आफुले सचीव पदमा उम्मेद्बारी दिन लागेको उहाँले बताउनुभएको छ ।

एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै एनआरएनए सस्था प्रति दत्तचित भई लागेका बरुवाल सन २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुँदै यो अभियानमा सहभागि हुनुभएको थियो । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति ९आईसीसी० सदस्य सन २०१७ २०१९ मा एन आर एन ए युरोप संयोजक मा निर्बाचित भै हाल युरोप सयोजक को हैसियतले एन आर एन ए का बिभिन्न गतिविधिमा सम्लग्न हुनु हुन्छ ।

उहाँ युरोप सयोजकमा निर्बाचित भैसके पछि युरोप क्षेत्रमा एन आर एन ए को संजाल बिस्तार गर्ने माल्टा, स्लोभाकिया जस्ता देशहरुमा एन आर एन को राष्ट्रिय समिति गठन गरि युरोप क्षेत्रमा २८ वटा देश मा एन आर एन ए संजाल बिस्तार गर्नु भएको छ । त्यस्तै उहाँले आफ्नो कार्यकालमा सन २०१८ मा लक्जम्बर्गमा र २०१९ मा इटली मा दुइटा सफल युरोपियन भेला सम्पन्न गर्नुभएको छ ।

एन आर एन ए को उदेश्य अनुरुप २०१८ मा लक्जम्बर्गमा प्रथम पटक नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरि नेपालमा सीप प्रबिधि र पूँजीलाई कसरी नेपाल लैजाने भन्ने बिषयमा छलफल भएको थियो भने यस वर्ष इटलीको रोममा नेपाल सरकारका कानुन तथा संसदिय व्यवस्था मन्त्री भानुभक्त ढकाल, युरोपभरिका राजदुत, पर्यटन सचिव, नेपाल भ्रमण बर्षका सयोजक सुरज बैध्य लगायत सम्पुर्ण एन आर एन ए का अभियन्ताहरुको उपस्थितिमा सयौंको सङ्ख्यामा इटलीका नगरिक लाई उपस्थित गराइ नेपाल भ्रमण बर्षको प्रचार प्रसार पनि गनराउनुभएको छ ।

सोही क्रममा नेपाल सरकारका कानुन मन्त्रीको उपस्थितिमा मा एन आर एन ए को गैर आवासीय नेपाली नगरिकता दिने कुरा कानुनमा के भै रहेको छ गैर आवासिय नेपालीले आर्जन गरेको सम्पत्ति अबको कानुनमा के हुने जस्ता बिषयमा छलफल र अन्तर्कृया भएको थियो जस्ले गर्दा एन आर एन को नगरिकता सम्बन्धी धेरै कुरा प्रस्ट भएको थियो ।

आफ्नो कार्यकालमा एन आर एन आइ सि सि ले सुरु गरेका हरेक कार्यक्रम देखि एन आर एन को विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उहाँले सकृय सहभागितामात्रै जनाउनुभएन कृयाशील नेतृत्वको रुपमा स्थापित समेत हुनुभएको छ ।

सन २००० मा आफ्नो अध्ययनको क्रममा बेल्जियममा पुगेका बरुवाल बेल्जियम पुग्नासाथ बेल्जियममा विभिन्न सघ सस्था को सस्थापक हुँदै हाल बेल्जियमका सबै क्रियाशिल संघ–संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्लग्न हुँदै आफुलाई सामाजिक क्षेत्रमा स्थापित गरिसक्नुभएको छ ।उहाँले एन आर एन र यी सामाजिक सस्थामार्फत उहाँले नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरिरहनु भएको छ ।

बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होल्शेल स्टोर सफलतापुर्वक सञ्चालन गरी कुशल व्यवसायीको परिचय दिइरहनुभएको छ भने हाल बेल्जियमका ब्याबसायीहरु लाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत र कृषि क्षेत्रमा लगानी भित्र्याउने काम पनि गरिरहनुभएको छ ।

बरुवाल नेपाल पर्यटन बोर्डको तर्फबाट बेल्जियमका लागि मार्नाथ पर्यटन दुत समेत रही बेल्जियम र युरोप भरी पर्यटन प्रबर्द्धनमा पनि विभिन्न कार्ययोजना बनाएर सकृय भएर लाग्नुभएको छ ।

एन आर एन का उदेश्य अनुरुपका सबै कार्यमा बरुवालले आफुलाइ सम्लग्न गराएको र आफ्नो जिम्माको काम अतिनै लगनशीलताका साथ सम्पन्न गर्ने भएकाले उहाँ आगामी एन आर एन ए को कार्यकाल को लागि पनि सबै को प्रिय र सक्षम उम्मेद्बारको रुपमा परिचित हुनुहुन्छ । मिलनसार, कृयाशील युवा, शिक्षीत र परिश्रमी भएकाले उहाँको उम्मेदवारी विजयको सन्निकट रहेको विश्लेषण एनआएन वृत्तमा पाइन्छ ।