शहीद वेपत्ता योद्धाका सन्ततीलाई सम्मान गर्दै जनार्दन शर्माले भने–’संघर्ष जारी छ’

मूलखबर संवाददाता
काठमाडौं, ७ भदौ ।

१० वर्षे शसस्त्र जनयुद्धमा शहादत प्राप्त गरेका र राज्यले वेपत्ता बनाएका योद्धाहरुका सन्नतीलाई आज राजधानीमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
जनयुद्धमा जीवनसाथि गुमाएका शहिद वेपत्ता योद्धा पत्निहरुको संस्था आधार एकल महिला समाज नेपालले २०७६ सालमा उपत्यकाबाट एसईई उत्तिर्ण शहिद तथा वेपत्ता योद्धाका छोराछोरीलाई सम्मान गरेको हो ।

शनिबार पुर्व माओवादीको मुख्यालय रहेको र हाल नेकपाको केन्द्रीय कार्यालयको रुपमा सञ्चालित पेरिस डाँडामा आयोजित कार्यक्रममा शहीद वेपत्ता सन्नतीहरुलाई सम्मान गर्दे पुर्व मन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले जनयुद्धको अन्त्य गरिए पनि फरक ढंगले अझै संघर्ष जारी रहेको बताउनुभयो ।

नेकपाको संगठन विभाग सह इन्चार्ज समेत रहेका नेता शर्माले मोर्चा फेरिए पनि संघर्ष अझै जारी रहेको भन्दै आफुले पार्टी र सरकारले गरेको गलत कामको निरन्तर विरोध गरिरहने बताउनुभयो । ‘मैले पार्टी र सरकार विरुद्ध कहिल्यै बोलेको छैन । तर पार्टी र सरकारका गलत कामको विरोधमा निरन्तर बोलिरहन्छु ‘ उनले भने, ‘मलाई केहि समय अगाडि पार्टीले स्पष्टिकरण सोध्ने भन्ने हल्ला पनि चल्यो । संघीयता लागु गर्नुपर्छ भन्दा, पार्टीभित्र नीति र विधिको कुरा गर्दा स्पष्टिकरण दिनुपर्छ भने स्पष्टिकरण पार्टीलाई होइन जनतालाई दिइन्छ ।’

नेता शर्माले हिजो युद्धको समयमा हतियार थोरै हुँदा पनि विचार बलियो भएका कारण लडाई जितेको तर अहिले पार्टी सरकार र सबै कुरा हुँदा पनि विचार कमजोर बन्दै जाँदा लडाई हारिरहेको जस्तो महसुस भएको बताउनुभयो । समाजावादको बाटो फराकिलो बनाउन पार्टीमा वैचारिक पक्षलाई बलियो बनाउनुपर्ने उहाँको धारणा थियो ।

उहाँले जनयुद्धका शहीद वेपत्ता योद्धाका परिवारको व्यवस्थापन र संवोधनको लागि राज्यले जति खर्च गरे पनि कम हुने बताउनुभयो । शहीद प्रतिष्ठानलाई र स्कूललाई विश्वविद्यालय बनाउनुपर्ने धारणा राख्दै उहाँले श्रम सहकारी मार्फत हामीले देशको विकास गर्न सकिने र रोजगारी पनि सिर्जना गर्न सकिने विचार राख्नुभयो ।

अब पार्टी संगठनलाई पूर्णता दिने काम सकियो, हिजो पार्टी स्टार्ट गरेर राखेको गाडिजस्तो थियो । अब हाम्रा ड्राइभरहरुले एक्सीलेटरमा खुट्टा राखिसक्नु भएको छ । तिव्र गतिमा गुढ्छ’ उनले भने, ‘मैले पनि एउटा डिपुटीको जिम्मेवारी पाएको छु । युद्धका वेलामा पनि डिपुटिको मोर्चा सम्हाल्दा थुप्रै युद्ध जितेको हो । अब पनि यो जिम्मेदारी सफलताका साथ पुरा गरिन्छ । पार्टीलाई विधि र नीतिमा चलाइन्छ ।

संस्थाको विधिवत दर्तापश्चात पहिलोपटक आयोजित कार्यक्रममा प्रमूख अतिथि शर्माले पानसमा वत्ति बालेर संस्थाको उद्घाटन समेत गर्नुभएको थियो । शहीदहरुप्रति १ मिनेट मौन धारणसहित शुरु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गितका सार्थ जनयुद्ध सम्झाउने गित तथा संगीत पनि प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको शुरुमा संस्थाकी सदस्य तथा वेपत्ता परिवार टिका बास्तोलाले संस्थाको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने अतिथि तथा सहभागिहरुलाई संस्थाकी सदस्य उषा देवकोटाले स्वागत गर्नुभएको थियो ।

संविधानसभाका सदस्य तथा वेपत्ता परिवारसमेत रहेकी संस्थाकी अध्यक्ष रेणुका चौलागाईको सभापतित्वमा सञ्चालित कार्यक्रममा संस्थाकी सचिव लक्ष्मी गुरुङले कार्यक्रम सञ्चालन गर्दे यो संस्था जनयुद्धको समयमा जीवन साथी गुमाएका एकल महिलाहरुको पहलमा स्थापित भएको जानकारी दिनुभएको थियो ।

उहाँले यो संस्था रोईकराई गर्न नभएर सहिदहरुको सपना पुरा गर्ने उद्देश्यले स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा शहिद र वेपत्ता गरी २० जना सन्ततीहरुलाई प्रमाण पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा प्रदेश नं ३ का सचिव अानन्द पाेेेखरेेल, मन्त्री तथा महिला नेतृ कमला रोका, शहीद प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद सापकोटालगायतले मन्तव्य राख्दै शहीद वेपत्ताकै त्याग र समर्पणले गर्दा परिवर्तन सम्भव भएकाले उहाँहरुको सम्मान गर्नु आफूहरुको कर्तव्य भएको बताउनुभएको थियो ।

कार्यक्रममा पुर्व उर्जाराज्यमन्त्री तथा नेकपा काभ्रेका नेता सुर्यमान दोङ, केन्द्रीय सदस्य तथा युवा नेता युवराज चौलागाई, पार्वती थापा, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसद राजकाजी महर्जन, किसान आयोगकी सदस्य मिना तामाङ, संस्थाकी सलाहाकार तथा माझी राष्ट्रिय मुक्ति मोर्चाकी महासचिव उर्मिला माझी, शहीद वेपत्ता योद्धा सन्तती फाउण्डेशनका अध्यक्ष प्रमोद पौड्याललगायत अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

कार्यक्रममा शहीद तथा वेपत्ता परिवारका २ सय भन्दा वढि सदस्यहरु र नेकपाका विभिन्न जनवर्गिय संगठनका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।