एनअारएनए कतारमा मुक्तदा प्यानल विजयी

मूलखबर संवाददाता
काठमाडौं, ७ भदौ

कतारमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए)को आगामी कार्यकालका लागि  भएको निर्वाचनमा मुक्तदा प्यानल विजयी भएको छ ।  गैरआवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि दुई समूह बनाएर प्रतिस्पर्धीहरु चुनावी मैदानमा ओर्लिएका थिए । मुक्तदा मुसलमानकाे अध्यक्षतामा रहेकाे प्यानलले तेज कटुवालको प्यानललाई भारी मत अन्तरले पराजित गरेकाे हाे ।

नेतृत्वका लागि निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमान र तेज कटुवालको दुई समूहबीच भिडन्त भएको थियोे । उनीहरुको आफ्नै प्यानल नै चुनावमा प्रतिस्पर्धामा उत्रिएका थिए। दुबै समुहले आ–आफ्नो चुनाब जित्ने दाबी गर्दै आएका थिए।

नेपाली कामदारहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको देश कतार र नेपालमा ब्यबसायसँगै सामाजिक काम गरिरहेका मुक्तदाको प्यानल तुलनात्मक रुपमा बलीयो देखिएको थियाे  । कतारमा लामो समयदेखि व्यवसायसंगै सामाजिक सेवामा सक्रिय रहेका मुसलमानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै उनको समर्थनमा विभिन्न पक्ष र क्षेत्रका अग्रजसमेत खुलेर समर्थनमा उत्रिएका थिए । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक उम्मेदवारका रुपमा रहेका मुक्तदालाई समाजवादी पार्टी, राजपा, जनजाति महासंघ कतारलगायतका धेरै संघसंस्थाहरुको समर्थन रहेको थियाे  ।

मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यसपटक अघिल्लो पटक झिनो मतले पराजीत उनले यसपटक धेरै मिहिनेत पनि गरेका थिए ।