एनआएनए कतारमा मुक्तदा र कटवालको समुह भिड्दै, मुक्तदा बलियो, कोको छन् मैदानमा ?

मूलखबर संवाददाता
काठमाडौं, ६ भदाै

कतारमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए)को आगामी कार्यकालका लागि आज निर्वाचन हुँदैछ । गैरआवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि दुई समूह बनाएर प्रतिस्पर्धीहरु चुनावी मैदानमा ओर्लिएका छन् ।
नेतृत्वका लागि निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमान र तेज कटुवालको दुई समूहबीच भिडन्त हुँदैछ । उनीहरुको आफ्नै प्यानल नै चुनावमा प्रतिस्पर्धामा उत्रिएका छन् । दुबै समुहले आ–आफ्नो चुनाब जित्ने दाबी गर्दै आएका छन् ।

नेपाली कामदारहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको देश कतार र नेपालमा ब्यबसायसँगै सामाजिक काम गरिरहेका मुक्तदाको प्यानल तुलनात्मक रुपमा बलीयो देखिएको छ । कतारमा लामो समयदेखि व्यवसायसंगै सामाजिक सेवामा सक्रिय रहेका मुसलमानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै अहिले उनको समर्थनमा विभिन्न पक्ष र क्षेत्रका अग्रजसमेत खुलेर समर्थनमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक उम्मेदवारका रुपमा रहेका मुक्तदालाई समाजवादी पार्टी, राजपा, जनजाति महासंघ कतारलगायतका धेरै संघसंस्थाहरुको समर्थन रहेको छ ।

उनको जीत सुनिश्चित नै भएको कतारका संघसंस्था र एनआरएनएका अग्रजहरु बताउँछन । मुक्तदा एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध रहेका छन् । मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यसपटक अघिल्लो पटक भिलनो मतले पराजीत उनले यसपटक धेरै मिहिनेत पनि गरेका छन् ।

त्यसैगरी वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा अर्का अध्यक्षका उम्मेदवार तेज कटुवाल पनि आफू बिजय हुने बताउदै चुनाबी मैदानमा होमिएका छन । एनआरएनए कतारको प्रथम उपाध्यक्ष रहँदा धेरै पटक कार्यबाहक अध्यक्षको पद सम्हालेको साथै अघिल्लो कार्यकालमा सदस्य हुँदा पटक–पटक कार्यवाहक महासचिवको पद सम्हालेको अनुभव भएकाले पनि आफूलाई मतदाताले मत दिनेमा विश्वस्त रहेको बताउँछन् ।

मुक्तदाले ‘सामाजिक काम गर्नका लागि हरेक कुरा दिन तयार भएर आएको बताएका छतन् उनले सबैको समर्थन पाउनेमा पनि विश्वस्त भएको बताएका छन् ।
अध्यक्षका दाबेदार मुक्तदाले १२ बुँदे योजनाहरु सार्वजनिक गर्दै आफूलाई अब्बल उम्मेदवारको रुपमा परिचय दिएका छन् । उनले नेपालीहरुलाई रोजगारीको अवसर, श्रमिक कल्याणकारी कोष, नेपालमा उत्पादित कृषिजन्य बस्तुको कतारमा बजार विस्तार, नेपाली विद्यालयको स्थापना, नेपालको पर्यटन प्रवद्र्धन, कामदारहरुको स्वास्थ्य उपचारमा मद्दतलगायतका मुद्दालाई प्राथमिकता दिएका छन् ।

अर्का अध्यक्षका प्रत्याशी कटुवालले संघ तथा सामाजिक कार्यक्रम, दीर्घकालिन योजना, अग्रज, अभियन्ता र आईसीसीसँगको सहकार्य, आर्थिक व्यवस्थापनलगायतका योजनालाई छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेर श्रमिकका हकहित, विभिन्न संघसंस्थाबाट नेपालको प्रवद्र्धन साथै नेपाली भाषा, संस्कृति र पर्यटनलाई प्राथमिकतामा जोड दिएका छन् । उनले सांस्कृतिक केन्द्र, नेपाली विद्यालय, नेपाली रेडियोको स्थापनार्थ समन्वयात्मक भूमिका, ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’ को नीति, ‘एनआएनए साँस्कृतिक दुत’ अभियान, ‘श्रमिकको आम्दानी, नेपालमा लगानी’ अभियान साथै ‘श्रमिकको हित, एनआरएनएको जित’ नारासहित उमेद्वारका रुपमा उभ्याएका छन् ।

४ हजार ४ सय ६५ जना पञ्जिकृत सदस्य रहेको एनआरएनए एनसीसी कतारमा धेरैजसो सदस्य त्यहाँका विभिन्न व्यवसायिक कम्पनीहरुका कामदारका रुपमा रहेका छन भने केही ब्याबसायिका रुपमा रहेका छन । यी मतदातालाई दुई उम्मेदवार मध्ये कसले प्रभाव पार्न सक्छ उसको जित निश्चित छ ।

मुक्तदाको नेतृत्वको प्यानल नेपाल कम्युनिष्ट पार्टीको आधिकारीक प्यानलका रुपमा रहेको र उक्त प्यानललाई समाजवादी पार्टी, राजपा, जनजाति महासंघ कतार, अन्तर्राष्ट्रिय मुस्लिम संघ कतारलगायतका धेरै संघसंस्थाहरुको समर्थन रहेकोले यो प्यानल निर्वाचनमा अगाडि रहेको निर्वाचन बिश्लेषकहरुको दाबी छ । निर्वाचनमा अध्यक्षका उम्मेदवार मुक्तदा कटुवाल भन्दा धेरै अगाडि रहेको बताईए पनि परिणाम भने मिश्रित आउने दाबी गरिएको छ ।

कसको प्यानलमा कोको उम्मेदवार ?

मुक्तदाको नेतृत्वमा रहेको टीममा आइसिसी सदस्यमा युवराज शर्मा, रमेश भट्ट, होमनाथ शर्मा, कृष्णबहादुर हमाल रहेका छन् । यस्तै प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्धित्तिय उपाध्यक्षमा टंक कुमार खड्का, महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल, महासचिवमा पदम गिरी, सचिबमा अफसर खान, सचिब नेत्र भुजेल ९नियम०, कोषाध्यक्षमा बिनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम, युवा संयोजकमा रबिन मगर , महिला संयोजकमा नानु घले उम्मेदवार रहेका छन् ।

यसैगरी सदस्यको उम्मेदवारहरुमा नरेश श्रेष्ठ, घनश्याम जैसी, संजय रजत, बालकृष्ण न्यौपाने, सुनिलकुमार घिमिरे, केशब कार्की, ज्वाला शाही, केशब खनाल, प्रकाश परियार, झबिन्द्र आचार्य, ओम बहादुर क्षेत्री ९सन्तोष०, शेख अब्दुल खालिक, गोपाल खतिवडा, अनमुल्ला शेख, शेख अब्दुल रजिक, अष्देश कुमार मंडल रहेका छन् । यस्तै लेखा संयोजकमा मुक्तार आलम, लेखा सदस्यमा कबिन्द्र कँडेल र लेखा सदस्य पुरुषोत्तम लामिछाने उम्मेदवार रहेका छन् ।

यस्तै कटुवाल नेतृत्वको प्यानलका आइसीसी सदस्यमा बुधवल गुरुङ, धनबहादुर बलायर, मोहमद साकिर अली, प्रथम उपाध्यक्षमा नारायण भण्डारी ९समाजसेवी०, द्दितिय उपाध्यक्षमा ईश्वर काफ्ले, महासचिवमा लोकमाया क्षेत्री ९माया केसी०, सचिवमा डिल्लीराम भट्टराई र प्रेमबहादुर चलाउने, कोषाध्यक्षमा रामप्रसाद गौतम, सहकोषाध्यक्षमा बुद्धबहादुर पाण्डे, युवा संयोजकमा श्याम कुमार डाँगी रहेका छन ।

यसैगरी, सदस्यहरुमा राकेश श्रेष्ठ, डेग बहादुर भारती ९सुमन भारती०, विष्णु बहादुर खड्का, गजेन्द्र राई, राजु राई, रमेश कनौजे थापा, मनप्रसाद राना मगर, भवानी प्रसाद कोईराला, कृष्ण शाह, कृष्ण पन्थी, भोज बहादुर साउद, विवेक कुलामी मगर, ईन्दाज आलम, सविन्द्र श्रेष्ठलगायत रहेका छन । त्यस्तै लेखा समिति संयोजकमा महेश्वर मण्डल रहेका छन ।