पुडासैनी हत्या प्रकरणका बारे बोलिन् मेयर रेनु दाहाल

मूलखबर संवाददाता
काठमाडौं, ५ भदाै ।

शालिकराम आत्महत्याको घटना प्रति दुख प्रकट गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले एक विज्ञप्ति मार्फत घटनामा असम्बन्धित ब्यक्ति वा संस्थाका बारेमा टिका टिप्पणी नगर्न सबैमा आग्रह गरेकी छिन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या पछि उक्त प्रकरणको प्रहरीले छानविन गरिरहेको र केही व्यक्ति छानविनका क्रममा हिरासतमा रहेको सन्दर्भमा कतिपय ब्यक्तिहरुबाट सडक एवं सामाजिक संजालको दुरुपयोग गरि घटनासंग कुनै सरोकार नै नभएका राज्यको उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुखप्रति कोपकल्पित,  मनगढन्ते, अर्नगल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने,

अपशब्द प्रयोग एवं गालिगलौज गरी ब्यक्तिको मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृतिप्रति दुख प्रकट गर्दै घटनासँग असम्बन्धित ब्यक्ति वा संस्थाका बारेमा टिका टिप्पणी नगर्न र घटनालाई विषयान्तर नगर्न भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले एक विज्ञप्ति मार्फत सबैमा आग्रह गर्नु भएको छ ।