एनआरएनए आईसिसिको सदस्यमा रमेश भट्टकाे उम्मेदवारी

मूलखबर संवाददाता
काठमाडौं

कतार ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा कतारबाट पनि उम्मेदवारी घाेषणा शुरू भएकाे छ । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा एनआरएनए आइसीसीको विश्व सम्मेलन तथा महाधिबेशन हुँदै गर्दा एनआरएनए आइसीसी सदस्यमा कतारबाट समाजसेवी रमेश भट्टले उम्मदेवारी दिएका छन ।

भट्टले आफ्नो उम्मेदवारी घाेषणा गर्दै “हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेकोछ । यस विषयमा हाल सम्मका प्रयासले उपलब्धिहरु प्राप्त भए पनि प्रयाप्त छैनन् । त्यसैले मैले आकाङ्क्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको“ बताए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको एन आर एन ए आई सि सि टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब , बागलुङ सेवा समाज कतारको पुर्ब अध्यक्ष , विभिन्न सामाजिक सस्थाहरुको नेतृत्व गरेका अनुभव रहेको छ ।

एनआरएन ए एनसिसि कतारको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवार तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गरेका व्यवसायी तथा समाजसेवी भट्टले २०१९- २०२१को लागि कार्यसमिति चयनमा आईसिसि पदमा दर्ता गर्दै एन आर एन ए एन सि सि कतारका सबै पन्जिकृत सदस्यहरु सङ्ग मतको लागि अनुरोध गरेका छन। ।