यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
खिमा रिजालको उज्यालोको खोजी पुस्तक सार्वजनीक. मूलखबर संवाददाता काठमाडौं काठमाडौं, ४ भदौ । १० वर्षे शसस्त्र जनयुद्धमा सहभागि भएकी खिमा रिजालद्धारा लिखित संस्मरणात्मक पुस्तक उज्यालोको खोजी बुधबार राजधानीमा सार्वजनीक गरिएको छ । नेकपाका संगठन विभाग प्रमूख बामदेव गौतमद्धारा विमोजन गरिएको पुस्तकमा जनयुद्धकालिन संघर्षका कथाहरु र जिवनमा घटेका सकारात्मक र नकारात्मक घटनाक्रमहरुलाई लेखिका रिजालले प्रस्तुत गरेकी छिन् ।. पुस्तक विमोचनपछि सम्बोधन गर्दै नेता गौतमले महिलाहरुको सहभागिता अत्यन्तै अविष्मरणीय र ऐतिहासिक भएको भन्दै परिवर्तनमा महिलाहरुले खेलेको भुमिकालाई सम्मान गर्दै नेकपामा ५० प्रतिशत पुर्याउन आफू लागि पर्ने बताए । नेता गौतमले पार्टीभित्र महिलाको उपस्थिति न्यून रहेको बताएका छन् । पार्टीमा आफूले महिलाको प्रतिनिधत्व बढाउनका लागि संघर्ष गर्ने गौतमले बताएका छन् ।. ‘पार्टी नेतृत्वमा अहिले महिलाको प्रतिनिधित्व १० प्रतिशत मात्र छ’, कार्यक्रममा नेता गौतमले भने,’ अब म महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउनका लागि लड्छु ।’ रिजालले लेखेको पुस्तकमाथि साहित्यकार तथा समालोचकहरुले टिप्पणी गर्दै पुस्तक विरताका गाथाले भरिएको, पठनीय । संग्रहणीय रहेको बताएका थिए ।. पूर्वमाओवादी लडाकू एवं शहीदपत्नी खिमा रिजालले जनयुद्धकालीन स्मृतिलाई समेटेर लेखेको ‘उज्यालोको खोजीमा संघर्षका पाइला’ शीर्षकको पुस्तक रिजालको तेश्रो कृति हो । कार्यक्रममा महिला नेतृ तथा पुर्व सांसद देवी खड्काले महिलाहरुको भुमिकाको पार्टीमा उचित कदर नभएको भन्दै व्यवस्था वदलिए सँगै सांस्कृतिक विचलनका प्रवृत्हिरु पनि बढिरहेकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।. भुणी पुराण प्रकाशनद्धारा प्रकाशीत पुस्तकको विमोचन कार्यक्रममा स्वागत मन्तव्य राख्दै महिला नेतृ तथा पुर्व सांसद लक्ष्मी गुरुंगले महिलाहरुलाई कमजोर आक्न नहुने र महलिाहरुले चाहेमा परिवर्तनको नेतृत्व गर्न सक्छन् भन्ने सन्देश पुस्तकले दिन खोजेको बताइन् ।. लेखीका रिजालले आफूले पुस्तक लेख्दै गर्दा कतै रोएको त कतै आक्रोसित भएको बताउँदै आन्दोलनका क्रममा देखा परेका खराव प्रवृत्तिको भण्डाफोर गर्ने काम पुस्तकले गरेकोे बताइन् ।.
खिमा रिजालको उज्यालोको खोजी पुस्तक सार्वजनीक
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं, ४ भदौ ।
१० वर्षे शसस्त्र जनयुद्धमा सहभागि भएकी खिमा रिजालद्धारा लिखित संस्मरणात्मक पुस्तक उज्यालोको खोजी बुधबार राजधानीमा सार्वजनीक गरिएको छ ।
नेकपाका संगठन विभाग प्रमूख बामदेव गौतमद्धारा विमोजन गरिएको पुस्तकमा जनयुद्धकालिन संघर्षका कथाहरु र जिवनमा घटेका सकारात्मक र नकारात्मक घटनाक्रमहरुलाई लेखिका रिजालले प्रस्तुत गरेकी छिन् ।
पुस्तक विमोचनपछि सम्बोधन गर्दै नेता गौतमले महिलाहरुको सहभागिता अत्यन्तै अविष्मरणीय र ऐतिहासिक भएको भन्दै परिवर्तनमा महिलाहरुले खेलेको भुमिकालाई सम्मान गर्दै नेकपामा ५० प्रतिशत पुर्याउन आफू लागि पर्ने बताए ।
नेता गौतमले पार्टीभित्र महिलाको उपस्थिति न्यून रहेको बताएका छन् । पार्टीमा आफूले महिलाको प्रतिनिधत्व बढाउनका लागि संघर्ष गर्ने गौतमले बताएका छन् ।
‘पार्टी नेतृत्वमा अहिले महिलाको प्रतिनिधित्व १० प्रतिशत मात्र छ’, कार्यक्रममा नेता गौतमले भने,’ अब म महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउनका लागि लड्छु ।’ रिजालले लेखेको पुस्तकमाथि साहित्यकार तथा समालोचकहरुले टिप्पणी गर्दै पुस्तक विरताका गाथाले भरिएको, पठनीय । संग्रहणीय रहेको बताएका थिए ।
पूर्वमाओवादी लडाकू एवं शहीदपत्नी खिमा रिजालले जनयुद्धकालीन स्मृतिलाई समेटेर लेखेको ‘उज्यालोको खोजीमा संघर्षका पाइला’ शीर्षकको पुस्तक रिजालको तेश्रो कृति हो ।
कार्यक्रममा महिला नेतृ तथा पुर्व सांसद देवी खड्काले महिलाहरुको भुमिकाको पार्टीमा उचित कदर नभएको भन्दै व्यवस्था वदलिए सँगै सांस्कृतिक विचलनका प्रवृत्हिरु पनि बढिरहेकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।
भुणी पुराण प्रकाशनद्धारा प्रकाशीत पुस्तकको विमोचन कार्यक्रममा स्वागत मन्तव्य राख्दै महिला नेतृ तथा पुर्व सांसद लक्ष्मी गुरुंगले महिलाहरुलाई कमजोर आक्न नहुने र महलिाहरुले चाहेमा परिवर्तनको नेतृत्व गर्न सक्छन् भन्ने सन्देश पुस्तकले दिन खोजेको बताइन् ।
लेखीका रिजालले आफूले पुस्तक लेख्दै गर्दा कतै रोएको त कतै आक्रोसित भएको बताउँदै आन्दोलनका क्रममा देखा परेका खराव प्रवृत्तिको भण्डाफोर गर्ने काम पुस्तकले गरेकोे बताइन् ।