१६ सचिवको सरुवा, को कता पुगे ?
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरेको छ भने ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्याललाई बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा सरुवा गरिएको छ ।
बाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ ।
शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र जनसंख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, सिँचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सर्तकता केन्द्रका माधव वेल्वासेलाई खानेपानी मन्त्रालय, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।
लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयका सरुवा गरिएको छ ।
प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोकसेवा आयोगमा र प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सहसचिवहरू तोयम राय, तोयानारायण ज्ञवाली, शिवहरी शर्मा र रविन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरिएको छ ।