एनआएनए फ्रान्सको अधिवेशन सम्पन्न, नरेन्द्र शाही अध्यक्ष, महासचिवमा मिन श्रेष्ठ निर्वाचित

मूलखबर संवाददाता
पेरिस, ३ भदौ

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको आठौं अधिबेशन सम्पन्न भएको छ । पेरिसमा अगस्त १८ मा सम्पन्न सम्पन्न अधिवेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरीलाई निर्वाचित गरेको छ । परिषद्को आठौ महाधिबेशन र निर्वाचनले ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

३ सय ७० जना पंजीकृत सदस्यहरु रहेको एनआरएन फ्रान्सको निर्वाचनमा २ ओटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

ठकुरीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षद्धयमा गीता थापा, अमर भण्डारी महासचिवमा मिन श्रेष्ठ, सचिवमा राजु खप्तडी, कोषाध्यक्षमा लाल बहादुर सोडारी, सहकोषाध्यक्षमा संगीता तिमिल्सिना, महिला संयोजकमा मिली कोइराला, युवा प्रतिनिधिमा दिलिप गुरुङ र सदस्यहरुमा कमल काफ्ले, अशोक कुँवर, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे रहेका छन् । एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिव रहेर परिषद्मा सक्रिय भूमिका निर्वाह गरेका शाही अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् ।

अधिवेशनबाट आइसीसी सदस्यमा पारु ९पार्वती० मल्ल निर्वाचित भएकी छन् । आइसीसी पर्यवक्षकको रुपमा एनआरएन जर्मनीका भूपु अध्यक्ष नबराज रोस्याराले जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उक्त अवसरमा निर्वाचन समितिका संयोजक किरण चन्द्र प्रधानले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान तथा सपथ ग्रहण गराएका थिए ।

एक बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशन कार्यक्रमको संचालन नरेन्द्र शाही ठकुरीले गरेका थिए ।