एनअारएनए युकेमा १४ हजार सदस्य, अध्यक्षमा सुनार र गुरूङकाे उम्मेदवारी, अरू काे-काे लड्दै ?

मूलखबर संवाददाता
काठमाडौं, २ भदौ

लण्डन । गैर अावासिय नेपाली संघकाे विश्वकै ठूलाे राष्ट्रिय समिति बन्न सफल युके शाखाकाे अधिवेशन १४ सेप्टेम्बरमा हुँदैछ ।

करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठूलो राष्ट्रिय समिति (एनसीसी) कहलिएको गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको निर्वाचनको लागि आइतवार उम्मेदवारहरुले पदाधिकारी तथा सदस्य एवम् अासिसि सदस्यमा मनोनयन दर्ता गरेका छन् । केही स्थानमा भने निर्विरोध भएका छन् ।

अाईतबार  इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड  र नर्दन आयरल्याण्ड गरी ४  राज्य समन्वय परिषद समितिका १० / १०, युनाइटेड  किङ्गडम ( यूके) अर्थात् संयुक्त अधिराज्य, बेलायतको केन्द्रीय कार्यसमितिका २७, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यका ७ गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंग्ल्याण्ड राज्य परिषद एवम्  यूके केन्द्रीय समितिका सबै पदमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेको छ

एनआरएन यूकेको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय  शेर बहादुर सुनार र पुनम गुरुङले  उम्मेदवारी दर्ता गराएका छन्  ।

अध्यक्ष र आइसीसी सदस्यको लागि मनोनयन दर्ता शुल्क १५ सय पाउण्ड अर्थात् करिब २ लाख नेपाली रुपैयाँ रहेकोमा सबै उम्मेद्वारी मनोनयन दर्ता शुल्क बाट १ करोड नेपाली रुपैया संकलन भएको छ ।

यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ पदमा वर्तमान उपाध्यक्ष्य प्रेम गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिल खड्का र धन सार्कीसहित ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्याण्डबाट यज्ञमुर्ति ढकाल र मोहन कार्की गरि २ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी  यूके केन्द्रीय महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पाले उम्मेदवारी दिएका छन् भने  २ जना सचिवको पदमा विष्णु खरेल ,कोशलेश्वर ( कृष्ण ) ढकाल, जित रानाभाट, भोलाविक्रम राई र भाग्यनारायण रायसहित ५ जनाको उम्मेदवारी परेको  छ । १ जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिङ माबोले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुङ, महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल, युवा संयोजकमा हेम गुरुङ, अनिल मल्ल र नविन गुरुङको उम्मेदवारी परेको छ । १२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी दर्ता गरििएको  छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी ) का   ७ वटा सदस्यको लागि योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने , राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल , सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बांस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशिला राई र लिलादेवी गुरुङले उम्मेदवारी दिएका छन् ।

इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ र भीम सारु तथा स्कटल्याण्ड राज्य परिषद् अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्  ।

नर्दन आयरल्याण्ड परिषदमा नारायणबहादुर कुँवर र वेल्स राज्य परिषदमा कृष्णप्रसाद भण्डारीको नेतृत्वको कार्यसमिति निर्विरोध भएको  छ ।