एनआएनए केन्द्रीय महासचिवमा जानकी गुरुङको उम्मेदवारी घोषणा, को हुन् गुरुङ ?

मूलखबर संवाददाता
काठमाडौं, ३ भदौ

गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा महासचिवमा जानकी गुरूङले उम्मेदवारी घोषणा गर्नुभएको छ । इमान्दारिता पहिला, संस्थागत बिकासमा महिला नाराका साथ महासचिवमा उम्मेदवारी घोषणा गरेकी गुरुङ एनआएनए अभियानमा स्थापित र परिचित नाम मात्रै होइन संस्थापक अभियन्ता नै हुनुहुन्छ ।
एनआरएनएको आगामी कार्यकाल २०१९-२०२१को लागि महासचिवको उम्मेदवारी घोषणा गर्नुभएकी उहाँ महासचिवको रुपमा पहिलो महिला उम्मेदवार पनि हुनुहुन्छ ।

एनआएनएको वर्तमान बहालवाला सचिवको रुपमा भुमिका निर्वाह गर्नुभएकी उहाँले संस्थामा महिला नेतृत्व र सहभागितालाई अक्षरमा होइन, व्यबहारमा लागु गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । युरोपको बेल्जीयममा बसोबास गर्दे आउनुभएकी उहाँ यस अघि एनआएन बेल्जीयमको कार्यसमितिको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ भने युरोप क्षेत्रीय समितिको सह संयोजक र अन्तराष्ट्रिय समितिको सदस्य समेत भइसक्नुभएको छ । अत्यन्त स्पष्ट वक्ता, मिलनसार र मेहनती छवी भएकी उहाँ सफल व्यवसायी पनि हुनुहुन्छ ।

उहाँले होटल रेष्टुरेण्ट, ट्राभल, मनी ट्रान्सफर लगायतका व्यवसायमा सहभागि भइ विभिन्न सामाजिक सेवाका कामहरुमा समेत सक्रियता साथ लागिरहनुभएको छ । उहाँले नेपालका दूरदराजका वस्तीहरुमा महिला र बालबालीकाको सेवा र उत्थानमा लक्षीत कार्यक्रमहरु संचालन गरिरहनुभएको छ ।

उहाँले २००५ मा एनआरएनए बेल्जियम तदर्थ समितिको संस्थापक कोषाध्यक्षको रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने २०६६ देखी २००८ सम्म एनआरएनए बेल्जियमको सल्लाहाकारको रुपमा काम गर्नुभएको थियो ।
त्यसपछि उहाँ २००७-२००९ को लागि एनआरएनए युरोप सहसँयोजकमा निर्वाचित भइ काम गर्नुभयो भने एनआरएनए बेल्जियमको तेश्रो कार्यकालको अध्यक्षको रुपमा २०११-२०१३ मा भुमिका निर्वाह गर्नुभयो । त्यसपछि २०१३-२०१५ मा एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्य निर्वाचित हुनुभयो भने फेरी २०१५-२०१७ का लागि पनि एनआरएनए बेल्जियमको तर्फबाट आइसिसी सदस्यको रुपमा काम गरिसक्नुभएको छ ।

पहिलो महिला महासचिवको रुपमा उम्मेदवारी घोषणा गरिरहँदा उहाँले एन सिसि आइ सिसीमा बजेट पद्दति लागु गरी बालबालिका, युवा, महिला, पत्रकार र कला श्रीजना र नेपाल प्रबर्द्दन लगायतका बिषयलाई प्राथमिकताका साथ कार्यक्रम र निती तर्जुमा गर्नको लागि आफ्नो उम्मेदवारी हो भन्नुभएको छ ।

आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुपर्ने कारणका बारेमा उहाँ भन्नुहुन्छ-

“इमान्दारिता पहिला, संस्थागत बिकासमा महिला”

यसर्थ, म संस्थाको आगामी कार्यकाल २०१९-२०२१ को लागि महासचिब पदको आकाँक्षीको रूपमा उभिने घोषणा गर्दछु । यहाँहरु सबैको सहयोग र समर्थनको लागि हार्दिक अनुरोध गर्दछु ।

– संस्थामा महिला नेतृत्व र सहभागितालाई अक्षरमा होइन, व्यबहारमा लागु गरेर देखाउन
– एन सिसि आइ सिसीमा बजेट पद्दति लागु गरी बालबालिका, युवा, महिला, पत्रकार र कला श्रीजना र नेपाल प्रबर्द्दन लगायतका बिषयलाई प्राथमिकताका साथ कार्यक्रम र निती तर्जुमा गर्न
– संस्थालाई थप पारदर्शिता, चुस्त सचिबालय र व्याबहारिक संस्था बनाउन
– मुलूकको बिकास र समृद्धिको लागि सामुहिक लगानीलाई विश्वासिलो ढंगले लागु गर्न
– संस्थामा सबैलाई आबद्धताका गराउन सरल र सहज बातावरण बनाउन
– दक्ष, प्राबिधिक र बौद्धिक जनशक्तिलाई देश बिकासमा सरिक गराउन बिशेष कार्यक्रम तर्जुमा गर्न
– आमा (महिला) मार्फत दोश्रो पुस्तालाई संस्थामा सकृय गराउन बिशेष कार्यक्रम लागु गर्न
– संस्थामा मौलाउदै गएको रकमी, कलमी र सबैखाले गलत प्रवृत्तिलाई रोक्न

जानकी गुरुङ
बर्तमान केन्द्रिय सचिब
केन्द्रिय महासचिबको उम्मेदवार