एनआरएनए बेल्जियमको अधिवेशन सम्पन्न, चित्र सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

मूलखबर संवाददाता
बेल्जीयम, २ भदौ ।

गैर आबसीय नेपाली संघ बेल्जियममा सहमतिय आधारमा कार्यसमिति चयन भएको छ । समितिको अध्यक्षमा चित्र सुबेदी निर्बाचित हुनुभएको छ। आईतवार सम्पन संघको अधिबेशनबाट सर्बसम्मतरुपमा चित्र सुबेदीको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति निवाचित गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिका ऊपाध्यक्षहरुमा अनुजा प्रधान, आङमाया लामा, खडक केसी, गंगा शर्मा, घनश्याम काफ्ले, नारायण सिलवाल र हरी भट्टराई रहेका छन । यसैगरी आईसिसी सदस्यमा सुबाश जोशी (सन्तोष ) र कमल पन्थी रहेका छन् ।

यसैगरी महासचिबमा तिर्थ धमला निर्वाचित हुनुभएको छ भने सचिबमा कर्ण अधिकारी, जनक सुबेदी र दिपक न्यौपाने निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा प्रकाश गिरी तथा सहकोषाध्यक्षमा जिबन शर्मा निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट नयाँ कार्यसमितिको युवा संयोजकमा काशी दनै निर्वाचित हुनुभएको छ भने महिला संयोजकमा शुशिला खतिवडा र सदस्यहरुमा कुलबहादुर कार्की, सुमन बराल, दौलत कुमार साम्ब, ज्ञानेन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी निर्वाचित अन्य सदस्यहरुमा सुबाश भट्ट, कुम शाही, भरत पन्त, मदन दवाडी, सुजन ढकाल, मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रसाद शर्मा, कमल सिटौला रहनुभएको छ । यसैगरी महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी र सरस्वती सुबेदी सर्बसम्मत निर्बाचित हुनुभएको छ ।

संस्थाको सातौ अधिबेशनको उदघाटन् नेपालको संघिय सँसदको राज्य ब्यबस्था एबम सुशासन समितिका सभापती शशी श्रेष्ठले गर्नु भएको थियो, बिशिष्ट अतिथिहरुमा लीलामणि पोखरेल, पूर्व मन्त्री वीर बहादुर बलाएर, बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त, सचिब जानकी गुरुङ, युरोप संयोजक शिब बरुवाल रहेका थिए । एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालको शभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले निर्बाचित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै सर्बसम्मत नेतृत्व बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।

यसरी भयो सहमति
एनआएनए साझा संस्था भएता पनि राजनीतिक कारणले गर्दा धेरै पटकका सर्वसममत गर्ने कोशीष असफल भएका थिए । एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष लोक दाहाल, युरोप संयोजक शिव कुमार बरुवाल, गोविन्द सुवेदी लगाएतको दिनरातको मेहनतले बेल्जियममा सर्बसम्मत नेतृत्व चयन गर्न सफल भएको थियो ।