यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उर्जामन्त्रीद्वारा विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस दिने घोषणा. मूलखबर संवाददाता काठमाडौं काठमाडौं, १ भदौ. एकै वर्षमा यथेष्ट नाफा ककमाउन सफल नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ ।. आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो ।. उहाँले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिईने बताउनुभयो । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो ।. मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गर्नुभयो । प्राधिकरणले आर्थिक बर्ष २०७५÷७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।. प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।. सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गर्नुभयो । “सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ । कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो ।”. प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पु¥याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई ध्यानाकर्षण गराउनुभयो । उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उहाँको भनाइ थियो । आगामी वर्षामाल नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पु¥याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो ।. सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उहाँले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पार्नुभयो । मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सफलता हासिल गरेका र सेवानिवृत्त भएका कर्मचारीलाई मन्त्री पुनले पुरस्कार वितरण गर्नुभएको थियो ।.
उर्जामन्त्रीद्वारा विद्युत प्राधिकरणका कर्मचारीलाई बोनस दिने घोषणा
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं, १ भदौ
एकै वर्षमा यथेष्ट नाफा ककमाउन सफल नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ ।
आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो ।
उहाँले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिईने बताउनुभयो । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो ।
मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गर्नुभयो । प्राधिकरणले आर्थिक बर्ष २०७५÷७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।
प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।
सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गर्नुभयो । “सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ । कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो ।”
प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पु¥याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई ध्यानाकर्षण गराउनुभयो । उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उहाँको भनाइ थियो । आगामी वर्षामाल नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पु¥याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो ।
सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उहाँले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पार्नुभयो । मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सफलता हासिल गरेका र सेवानिवृत्त भएका कर्मचारीलाई मन्त्री पुनले पुरस्कार वितरण गर्नुभएको थियो ।