सुबिसुमा लागेको आगो नियन्त्रणमा
काठमााडौं,२२ ससाउन । इन्टरनेट र केवुल टेलिभिजनको सेवा प्रदायक कम्पनी सुबिसुमा बुधबार लागेको आगो नियन्त्रणमा आएको छ ।
सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागि नेपाल प्रहरी, सशष्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको पहलमा करिव साँढे १ बजेतिर नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशष्त्र प्रहरीले दमकलका सहायतामा करिव डेढ घण्टा पछि आगो नियन्त्रणमा लिएको सुविसु केवुल नेटवर्क प्रालिका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिनु भयो । उहाँले बालुवाटार बाहेक अन्य क्षेत्रमा आगलागिका कारण अवरुद्ध भएको सबै सेवा एक घण्टा भित्र सूचारु हुने र बालुवाटारको हकमा भने भोली बिहानसम्म सबै सेवा सूचारु गराउने गरी काम सुरु गरिएको पनि जानकारी दिनु भयो ।
सुविसुले अहिले सबै सेवा संचालनको काम थापाथलीस्थित कार्यालयबाट भईरहेको पनि जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन अझै केही समय लाग्ने पनि अध्यक्ष पराजुलीले बताउनु भयो ।