मन्त्री भट्टराईले अघि सारे नेपालमै उडड्यन विद्यालय स्थापना गर्नेे योजना
काठमाडौं,२२ साउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गर्नु भएको छ ।
मन्त्री भट्टराईले देश भित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको पनि स्पष्ट पार्नु भयो । बुधबार आफ्नै मन्त्रालयमा संचारकर्मीहरुमाझ उहाँले ५० लाखभन्दा बढी खर्च गरेर पाईलट पढ्न विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै सो भन्दा कम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको पनि बताउनुभयो । त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाईलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
मन्त्री भट्टराईले सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना केही दिन भित्रै ल्याउने घोषणा पनि गर्नु भयो ।