युराेपमा रिबन काटेर गरियाे भिजिट नेपाल २०२० काे शुभारम्भ

राेम, ईटाली , १९ साउन – नेपाल भ्रमण वर्ष २०२० काे शुभारम्भ युराेपकाे सुन्दर शहर राेमबाट गरिएको छ ।

गैर अावासिय नेपाली संघ युरोपेली क्षेत्रीय बैठकका अवसरमा नेपाल भ्रमण वर्ष-२०२० युरोपको औपचारिक शुभारम्भ भएको हाे । इटालीको रोममा एक समारोहबीच पर्यटन प्रवद्धनको कार्यक्रमसहित शुभारम्भ भएको हो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कार्यक्रमको उद्घाटन गर्दै नेपाल बिबिधतायुक्त देश भएकाले नेपाल पुग्न अनुरोध गरे। भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले भिजिट नेपालको उदेश्यबारे प्रकाश पार्दै प्रस्तुति राखेका थिए। उनले भिजिट नेपाल २०२० को उदेश्यबारे प्रकाश पारे। यसवर्षमा पर्यटकहरुले लिन सक्ने फाईदाका बारेमा पनि उनले जानकारी गराए।

कार्यक्रममा पर्यटन सचिव मोहोनकृष्ण सापकोटा,होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष सृजना राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष डा. बद्री केसी, सपिलाराज भण्डारीलगायतले नेपालको पर्यटन प्रवद्धनबारे बोलेका थिए। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको पनि कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी थिए ।

इटालीका लागि नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीले इटाली भाषामा प्रस्तुति राख्दै सहभागीहरुलाई नेपाल घुम्न प्रेरित गरे। उनले दुईजनालाई नेपाल आवातजावतका लागि दुईवटा हवाई टिकट आँफूले उपलब्ध गराउने घोषणा गर्दै संसारकै सुन्दर देशमा पुग्न अनुरोध गरे।