
जन अपेक्षाको चुलीमा योगेश भट्टराई
काठमाडाैं, १६ साउन
राजनीतिकर्मी सँग जनअपेक्षा हुने नै गर्छ । तर जतिबेला धेरै राजनीतिकर्मीबाट जब अपेक्षा पुरा हुदैन तब जनतामा निरासा छाउँछ । नेताहरुले नारा त दिन्छन् तर जनतामा कम अपेक्षा हुन्छ । राजनीतिमा पलाएको यो निरासाका बीचमा पनि केही नेताहरु यति लोकप्रिय हुन्छन् कि चौतर्फी निरासाका बीच पनि ति व्यक्तिबाट जनता आशावादी रहन्छन् ।

नेकपाको वर्तमान सरकार निर्माण भएयता जनताले धेरै अपेक्षा गरेपनि जनतामा विस्तारै निरासा छाइरहेको बेलामा हिजो नियुक्त संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईप्रति संचार माध्यम मार्फत र सामाजिक संजाल लगायतमा आएका प्रतिकृया हेर्दा उनीप्रति जनअपेक्षाको चाङ नै देखिन्छ ।
राजनीतिप्रति आम मानिसमा वितृष्णा बढिरहेको समयमा जनताले आशा गर्ने नेता पाउनै मुस्किल छ, त्यो प्रतिकुल समयमा योगेश भट्टराई त्यस्ता भाग्यमानि नेता बनेका छन् जतिबेला उनीमाथि जनअपेक्षाको भारी धेरै छ । वर्तमान सरकारप्रति जनतामा निरासा बढिरहेको बेलामा त्यहि सरकारका नव नियुक्त मन्त्री भट्टराई प्रति जनतामा केही आशा पलाएको छ । तथापी उनीले लिने निर्णय र गर्ने हरेक काम कार्वाहीले नै उनीप्रतिको अपेक्ष पूरा हुने वा नहुने निर्धारण गर्नेछ ।
योगेश त्यस्ता व्यक्ति हुन् जसले लामो समय अनेरास्ववियुको अध्यक्ष बनेर विद्यार्थीका हक हित र अधिकार।को पक्षमा संघर्ष गरेर नाम कमाएका थिए । उनी देश भक्तिको विषयमा अत्यन्त कठोर र प्रखर नेता पनि मानिन्छन् । उनले कालापानी मार्चको नेतृत्व गर्नुका साथै सिमा सुरक्षा अभियानको समेत नेतृत्व गरेका मान्छे हुन् । उनलाई देश कहाँ दुख्छ थाहा छ, उनलाई सिमा कहाँ भत्कन्छ थाहा छ पुर्वको अन्तिम छेउ ताप्लेजुङबाट चुनाव जितेर संघिय प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका उनी पुर्व देखी पश्चिमसम्मका सबै जिल्लाका जनसमुदायसँग उत्तिकै परिचित छन् र स्थापित छन् ।
तत्कालिन नेकपा एमालेले लिएका कतिपय निर्णयहरुमा असहमति जनाउँदै बामदेव नेतृत्वमा नेकपा मालेको नेता बनेका योगेशले पार्टीलाई ने नेतृत्व गर्नेढंगले विद्यार्थी संगठन चलाउने हैसियत बनाएका थिए । भने पछिल्लो समयमा कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्छ भन्ने अभियानमा पनि योगेशले महत्वपूर्ण अगुवाई गरेका थिए । योगेश भट्टराई युवादेखि सबै जनसमुदायले मन पराउने युवा नेता भएको, पार्टी भित्र आलोचनात्क चेत राख्ने युवा नेता भएको तथा अहिलेसम्म सरकारी लाभको पदमा बसेर कुनै पनि अनियमिततामा आरोपीत नभएका एक युवा नेता हुन् ।
उनले पर्यटन मन्त्रीको रुपमा कार्यभार सम्हालिरहँदा वाइड वडी जस्तो बहुचर्चित प्रकरण, बदनाम कमाइरहेको नेपाल वायु सेवा निगम, त्रिभुवन विमानस्थलको बेथिति तथा समग्र कर्मचारी तन्त्रमा रहेको विसंगतिलाई कसरी ह्याण्डल गर्दछन् भन्ने कुराले उनको आगामी दिनको सफलता निर्धारण गर्दछ ।
उनी सपथ ग्रहण गरेर पहिलो पटक पदभार ग्रहण गर्दै गर्दा उनले दिएका अभिव्यक्ति र निर्देशन हेर्दा उनीमाथि अपेक्षा गर्नेहरुलाई उत्साहित भने बनाएको छ । उनले आफ्नो प्रशंसामा समय र सिप खर्च गर्न नहुने र आफूलाई नाम भन्दा काम र परिणाम चहिएको भन्दै जसरी प्रस्तुत भएका छन् त्यसले मर्निङ सोज द डे भन्ने उक्तिलाई पुष्टि गर्दैछ ।
