मन्त्री भएपछि याेगेश भट्टराईले भने ….
आज दिउँसो १ बजे बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी दिने प्रस्ताव गर्नुभयो। प्रधानमन्त्रीले पार्टीका सबै वरिष्ठ नेतासँग राय सल्लाह गरेर मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्नुभएको हो। म यहाँसम्म आइपुग्दा मलाई मत दिने, नदिने सबैलाई धन्यवाद दिन चाहन्छु। यो मन्त्रालयका अत्यन्तै सिर्जनशील र जागरुक मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते निधन हुन पुग्यो। त्यसपछि लामो समय यो मन्त्रालय स्वयम प्रधानमन्त्रीले सम्हाल्नुभयो। एक किसिमले मन्त्रालय मन्त्री खाली भएको जस्तो थियो। उहाँको दुःखद निधनले राम्रो युवा राजनीतिककर्मी र घनिष्ठ मित्र गुमाएको छु। उहाँ बस्नु भएको कुर्सीमा परिस्थितिले आइपुगेको छ।
