नेकपाकाे ७७ जिल्ला र ६ वटा महानगरको इन्चार्ज टुङगीयो, बाँकी ७ गतेको बैठकमा

काठमाडौं, ५ साउन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६ वटा महानगरसहित सबै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह(इन्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लागेको बताउनुभयो । जस अनुसार
पुर्व एमालेको भागमा ४५ र पुर्व माओवादीको भागमा ३८ इन्चार्ज परेका छन् ।

इन्चार्ज पूर्व एमालेको भागमा परेका जिल्लामा सह इन्चार्ज पूर्व माओवादीबाट र माओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह इन्चार्ज पूर्व एमाले रहने सहमति यसअघि नै भइसकेको छ।
एकतासम्बन्धी अन्य बाँकी विषयको टुङगो साउन ७ गते मंगलबार बस्ने बैठकले लगाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो । उक्त बैठकले आयोग र विभागको टुंगो लगाउने उहाँको भनाई छ ।

आगामी बैठक भने मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जानकारी श्रेष्ठले दिनुभयो ।
एमाले र माओवादीबीच एकता भई नेकपा बनेपछि करिब १ वर्ष दुबै पार्टीको संरचना नै बन्न नसकेको तथा नेताहरु निम्मेवारीविहीन भएको भन्न्े आलोचना भईरहेका बेला गत जेठदेखि एकताले तिब्रता लिएको छ । जस अनुसार जिल्ला अध्यक्ष र सचिवहरुको टुंगो एउटा विधिबाट लगाएको नेकपाले इन्चार्ज र सहइन्चार्जको टुंगो पनि सोहि विधि अनुसार गरेको छ ।