संचार माध्याममा विदेशी लगानी स्विकार्य छैन : संचारमन्त्री

काठमाडौं, ३१ असार –
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताउनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसकिने प्रष्टयाउनु भएको हो । काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिनु भयो ।

उहाँले संचार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराउनु भयो । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यमबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति थियो ।

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यमलाई कार्वाही हुने पनि बताउनु भयो । उहाँले संचार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि स्पष्ट पार्नुभयोे ।