कुलेखानीमा पानीको सतह १५२६ मीटर पुग्यो, दुबै आयोजना पूर्ण क्षमतामा सञ्चालन

काठकाडौं, ३० असार ।

मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ । गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मीटर रहेकोमा यस वर्ष लगातारको वर्षाका कारण
सोमबार विहानसम्ममा १५२६ मीटर पुगेको छ ।

सोमबार बिहान साढे पाँच बजे १५२५।१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मीटर पुगेको हो । जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो ९६० मेगावाट० र दोस्रो ९३२ मेगावाट० पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।


उहाँले भन्नु भयो –पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’, ‘विगतमा वर्खामा कुलेखानी विद्युत् गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत्को आयातलाई घटाएका छौं ।’

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । कुलेखानी वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत्को अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत् आयात गरिरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ ।

सतर्क रहन आग्रह प्राधिकरणले कुलेखानी जलाशय भरिंदै गएका कारणले पानी निकासका लागि बाँधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ । ‘जलाशयको पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वे’बाट बाहिर जान्छ’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयमा पानी जम्मा हुने क्रम बढेसँग खतराको संकेत देखिएपछि सतर्कता अपनाइएको छ ।

जलाशयको वरपरको क्षेत्रमा गएरातिबाट अधिक वर्षा भएर जलाशय पानी सङ्कलन एकाएक तीब्र भएपछि आयोजनाले सतर्कता अपनाएको हो । जलाशय भरिने बढेपछि जलाशयमा भरिएको पानीको व्यवस्थापन गर्न नियन्त्रित निकास दिने तयारी गरिएको छ ।

जलाशयमा पानीको सतह बढेसँगै जुनसुकै समयपनि निकास दिनसक्ने गरी तयारी गरिएको हो । जलाशयमा वरपरको क्षेत्रमा पानी अधिक परेपछि अहिले प्रतिघण्टा ६० सेन्टिमिटरको दरले जलाशयमा पानी भरिनेक्रम बढेको छ ।

यो क्रम बढिरहेमा जलाशय र वरपरको क्षेत्रमा खतरा बढ्ने भएकोले ढोका खोलेर पानी निकाल्नु पर्ने अवस्था आउनसक्ने कुलेखानी प्रथमका आयोजना प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो । उहाँले समुन्द्री सतहबाट १५ सय २७ मिटरको उचाईसम्म पानी सङ्कलन भएपछि सुरक्षितरुपमा निकास दिने तयारी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, पानीको बहाव घट्दै गएर नियन्त्रणमा आउने अवस्था आएमा जलाशयको ढोका नखोल्नपनि सकिन्छ ।

कुलेखानी जलाशयमा पानी बढेपछि ६० मेगाबाट क्षमताको कुलेखानी प्रथमको दुबै टर्वाइन चलाएर विद्युत उत्पादन भईरहेको छ । कुलेखानी आयोजनाको जलाशय ईन्द्रसरोवरको समुन्द्री सतहबाट १५ सय ३० मिटरको उचाईसम्म पानी सङ्कलन हुने क्षमता रहेको छ ।