कांग्रेस अवरोधपछि गृहमन्त्रीले बोल्न पाएनन्, सूचना टाँसेर संसद स्थगित
काठमाडौं, ३० असार –
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको सोमबारको बैठक सुचना टाँसेर स्थगित गरिएको छ ।
सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरि बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने गरि निर्धारण गरिएको जनाएको छ ।
सूचनामा भनिएको छ “आज मिति २०७६ साल असार ३० गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तीमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, वेपत्ता परिवारको खोजी , उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगम समेत गर्न माननयि सदस्यहरुलाई आ आफ्नो क्षेत्र जिल्लामा जान समय दिनुपर्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुख ज्यूले अर्को बैठक २०७६ साल साउन ८ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”
कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दे असार २४ गते मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए । असार २५ गते बुधबारका दिन नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्ण बहादुर महराले बैठक सञ्चालन गर्नुभएको थियो ।
सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएपछि कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि नाराबाजी गरेका थिए ।
आजको बैठकमा गृहमन्त्री राम बहादुर थापा बादलले बाढि पहिरोले देशभर भएको धनजनको क्षती र उद्धार र राहतका बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको थियो तर कांग्रेसको अवरोधका कारण गृहमन्त्रीले बोल्न नपाएको गृहमन्त्रीका राजनीतिक सल्लाहाकार सुर्य सुवेदी पथिकले जनाएका छन् । उनले फेसबुकको वालमा आफ्नो प्रतिक्रिया सार्वजनीक गर्दै कांग्रेसको चरित्रलाई बालहठको संज्ञा दिएका छन् ।
उनले लेखेका छन्
प्रतिपक्षको अमर्यादित हरकत : ३१ वटा भन्दा बढी जिल्लामा आएको बाढी पहिरोका कारण भएको जन धनको क्षति र सरकारले लिएको उद्धार एवम राहातका प्रयास बारे सम्मानित सदनमा गृहमन्त्रीले आज दिने जानकारीलाई नेपाली काङ्ग्रेस जस्तो लोकतन्त्रको मसिहा ठान्ने पार्टीको बालहठका कारण संसद अवरुद्ध भयो।
जनताले सम्मानित सदन मार्फत सत्य तथ्य प्राप्त गर्ने अधिकारलाइ नेपाली काङ्रेसले निहित राजनितिक स्वार्थका कारण कुल्चिएको छ ।