बाबुराम भट्टराई नेतृत्वको पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपातिर : को को छन् ?

काठमाडौं, २० असार ।
नयाँ विचार धारा र सहितको नयाँ शत्तिm बनाउने अभियानमा लागेका पुर्व प्रधानमन्त्री तथा माओवादी नेता डा। बाबुराम भट्टराई नेतृत्वको पार्टी परित्याग गरी पुर्व मन्त्री कल्पना धमला, पुर्व विद्यार्थी नेता देवेन्द्र पराजुलीसहितका नेता कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गर्देछन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर प्रवेश गराउने कार्यक्रममा पुर्व मनत्री तथा महिला नेतृ कल्पना धमला, पुर्व विद्यार्थी नेता देबेन्द्र पराजुली, डा भट्टराईका सल्लाहाकार रामरिझन यादव, पर्वतका पुर्व सांसद गुणाखर बस्याल रहेका छन् । त्यसैगरी काभ्रे, गोरखा र चितवनका युवाहरु पनि सँगै प्रवेश गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी महिला नेतृ मनु हुमागाई पनि आज प्रवेश गर्देछीन् ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईलाई लामो समयदेखि साथ दिएका शीर्ष तहका दुई नेताको नेकपा प्रवेश कार्यक्रमले यतिबेला माहोल तताएको छ । वैकल्पिक शक्ति भनेर उदयमान भएको तत्कालिन नयाँ शक्ति पार्टीको संघीय परिषद सदस्य समेत रहेका पराजुली र धमलासहित अन्य नेताहरु शुक्रबार नेकपा प्रवेश गर्दैछन् ।

देशमा वैकल्पिक शक्तिको उदय हुनु जरुरि भएको ठान्दै नयाँ शक्ति पार्टीबाट राजनीति गरिरहेका यी दुई नेताहरु एकाएक नेकपा प्रवेश कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ ।

बाबुरामलाई छाड्ने धमला र पराजुली को हुन् ?

लमजुङ घर भएका देवेन्द्र पराजुली र धादिङ माइत भएकी कल्पना धमला जनयुद्धको शुरुवातको चरणदेखि नै माओवादी आन्दोलनमा सरिक भएका स्थापित नेताहरु हुन् ।

पराजुलीले अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हुँदा सात दिने आम शैीषक हड्ताल गरेर नीजि स्कूल विरुद्धको आन्दोलनमा ठूलो सफलता र चर्चा पाएका थिए । उनी यस तर्फबाट लमजुँगमा उमेद्वार भएर पराजीत भएका थिए ।

जनयुद्धकालिन राजनीति देखि नै उनिहरु डा। भट्टराई निकट रहेर काम गरे । वैकल्पिक शक्ति भनेर उदय गराउन भनेर दिन रात नभनी खटिए । तर नयाँ शक्तिमा कुनै नयाँ र भिन्न कुराहरु नभएपछि आफूले नेकपा प्रवेश गर्ने निर्णय गरेको बताउँछन नेता पराजुली । ‘हामी आफैंले बनाएको पार्टी यहाँसम्म आइपुग्दा त्यस्तो नयाँ तथा वैकल्पिक चाँही बन्न सकेन् ।’
हिजो पनि योगदान गरेको ठाउँ हो त्यो, त्यसकाराण असमानताको बारेमा बहस गर्ने, संघर्ष गर्ने कुराहरु हो । त्यसका लागि पूरानै ठाउँ राम्रो होला भनेर यस्तो सोचिएको हो ।’

लामो समय भट्टराईसंग काम गरेका नेता पराजुलीले भट्टराईलाई भिजेनरी नेताको रुपमा चित्रण गरे । उनले भने–‘उहाँ भिजनेरी नेता हो । अर्थराजनीतिक विषयवस्तुमा उहँँको दख्खल छ । विश्व कहाँ जाँदैछ र अब नेपाल कहाँ जानुपर्छ भन्ने विषय उहाँको राम्रो छ । तर, त्यही भिजनलाईं व्यवहारमा अगाडी बढाउनका लागि कुटनीति देखि संगठनका विषयमा उहाँको कमजोरी भन्ने लाग्यो ।’

देशको लागि आवश्यक मान्छे भट्टराई भएपनि पार्टी नेतृत्व गरेर अघि बढाउने कुरामा भट्टराई कमजोर भएको पराजुलीको भनाई छ ।