काेरियाकाे ईपिएस परीक्षा अाजबाट शुरू : ९२ हजार ३ सय ७६ जना सहभागि हुँदै
काठमाडौं, २५ जेठ –
नेपाली युवाहरूकाे वैदेशीक रोजगारीको आकर्षक गन्तब्य बनेको दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुँदैछ ।
अाजबाट शुरू हुने रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषाको परीक्षामा ९२ हजार ३ सय ७६ जना सहभागि हुँदैछन् । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार गत वर्ष भाषा परीक्षा दिनेको संख्या ८२ हजार ३ सय ३५ रहेको थियो ।
ईपिएस शाखाका अनुसार अावेदन दिएकामध्ये पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ । सबैभन्दा धेरै अावेदक रहेकाे म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न परीक्षा दिनेको संंख्या ६३ हजार ४ सय ८९ जना रहेको छ ।
त्यसैगरी एसेम्बलका लागि ३७ हजार ६ सय ६९, मेजरका लागि १२ हजार ८ सय ९८ जनामध्ये महिला परीक्षार्थी २ हजार ५ सय ९ छन् भने पुरुष ३५ हजार १ सय ५१ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी, काठको कामका लागि १२ हजार ९ सय २२ जना परीक्षार्थीले आवेदन दिनएका छन् । यसमा पुरुष परीक्षार्थीको संख्या १० हजार ४ सय ५२ जना रहेको छ भने महिला परीक्षार्थीको संख्या २ हजार ४ सय ६९ जना रहेको छ ।
कोरिया भाषा परीक्षा दिनका लागि कृषि क्षेत्रका लागि परीक्षा दिने परीक्षार्थीको संख्या २८ हजार ८ सय ८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४ सय ७ रहेको छ भने महिला परीक्षार्थीको संख्या ९ हजार ४ सय ७३ जना रहेको छ ।