गणतान्त्रिक योद्धा क्या. यज्ञ ब.थापाको पूर्ण कदको शालिक शिलान्यास

अाेखलढुंगा,१५ जेठ –

गणतान्त्रिक योद्धा क्याप्टेन यज्ञ ब.थापाको पूर्ण कदको शालिक १२अौ गणतन्त्र दिवसको सन्दर्भ पारेर शिलान्यास भएको छ।

ओखलढुंगाको चिसंखुगढी गाउपालिकाले गरेको उक्त शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपाल स्थापनाका नायक ,गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनु हुन्थ्यो भने बिषेश अतिथि ओखलढुंगा प्रतिनिधि शभा सासंद यज्ञराज सुनुवार हुनुहुन्थ्यो ।

अतिथिहरूमा प्रदेश सासंद अम्बिर बाबु गुरुङ र मोहन कुमार खड्का ,पुर्व कानुन राज्य मन्त्री यज्ञ ब.थापा ,पुर्व सभासदहरू केसब राई ,रामहरी खतिवडा ,हर्कबोल राई ,ने .क.पा .का अामनत्रित स्थाई कमिटी सदस्य पेशल कुमार खतिवडा क्याप्टेन यज्ञ ब.थापाकी धर्म पत्नि पुर्ण कुमारी थापा ,सिद्दिचरण न.पा .का मेयर मोहन कुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लगायत कार्यलय प्रमुखहरू र बिभिन्न राजनितीक दलका जिल्ला तथा स्थानीय प्रतिनिधिहरू हुनुहुन्थ्यो ।


निरंकुश पन्चायति ब्यवस्थाको अन्तय गरि मुलुकमा जनताको ब्यवस्था गणतन्त्र स्थापना गर्न तत्कालीन पन्चायति सेनाबाट बिद्रोह गरि सैने टोली निर्माण गरि सर्बप्रथम ओखलढुंगा ब्यारेक अनि क्रमश सोलुखुम्बु ,खोटाङ हुदै देश पुरै बिजय गर्ने उद्देश्यले टिम्मुरबोटे भन्ने ठाउमा क्याम्प खडागरि बसेका क्याप्टेन यज्ञ ब.थापा लगायतको टोलिलाई २०३१ साल पुस १ गते सुराकीको अाधारमा तत्कालीन पन्चायति सैनिकको टोलीले घेरा हालि अाक्रमण गरेपस्चात उम्केर अाफ्नो जन्मथलो नजिक गाउँबाट गिरफ्तार गरि बिभिन्न बिभिन्न हिरासत र कारागार हुदै नख्खु कारागारमा लगि गोलघरमा राखिएको थियाेे । साेे अबस्थाबाटै अहिलेका प्रधानमन्त्री के .पि शर्मा ओलि ,नारायण काजि श्रेष्ठ र राधा कृष्ण मैनाली लागाएतका नेताहरूको बिचबाट जेल सार्ने बाहानामा लगि कमला नदिको तिरमा जंगलमा पुर्याई निर्ममता पुर्वक यातना दिई २०३५ साल माघ २६ गते हत्या गरिएको थियो ।
शालिक सिलन्यास पश्चात् प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा गणतन्त्रको नायक पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक योद्धा क्याप्टेन यज्ञ ब.थापाको शालिक निर्माण हुनु चिसंखुगढीको मात्र चासो नभएर गणतान्त्रिक अान्दोलनमा लागेका पुरै देशबासी समेतको चासोको बिषय रहेको र चिसंखुगढी गाउँपालिकाले यसलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिनुहुदै स्थानीय तह र प्रदेश सरकार को बजेटले नभ्याउने भएमा अाफुले केन्द्र बाट पहल गर्ने बताउनु भयो साथै यस क्षेत्रमा ढुलो समस्या रहेको खानेपानीको समस्या समाधान गर्न र धुले र कच्चि सडकलाई स्तर उन्नति गर्न र पक्की सडक बनाउन अाफुले पहल गर्ने र रामेछाप -सघुटार बाट चिसंखुगढी खानिभन्ज्याग हुदै सिलौरिघाट – दिक्तेल सडकलाई क्याप्टेन यज्ञ ब.थापा मार्ग बनाउन अाफुले पहल गर्ने पनि बताउनु भयो ।

अन्य बक्ताहरूले एक गणतान्त्रिक योद्धाको शालिक गणतन्त्रका नायकले गणतन्त्र दिवसको दिन उहाँको जन्मथलो मै पुगेर सिलन्यास गर्नु संयोग मात्रै नभएको बताउनुहुदै शहिद कुनै पार्टीगत नहुने साझा हुने भन्ने कुरा प्रमाणित भएको र सबै मिलेर उहाँको शालिक स्थापना देखि वहाको नामबाट बन्ने पार्क ,सडक र पुस्तकालय लगायतका संरचना बनाउनेमा जोड गर्नु भयो ।


गाउँपालिका प्रमुख निशान्त शर्माको सभापतित्वमा सन्चालन भएको उत्त कार्यक्रममा उपप्रमुख सुस्मिका राईले स्वागत् गर्नु भएको थियो भने प्रतिनिधि सभा सासंद यज्ञराज सुनुवार ,पूर्व सभासदहरू केसव राई ,रामहरि खतिवडा ,हर्कबोल राई ,पुर्व कानुन राज्यमन्त्री यज्ञ ब.थापा ,प्रदेशसभा सांसदहरू मोहन कुमार श्रेष्ठ रअम्बिरबाबु गुरुङले समेत शुभकामना मन्तब्य दिनुभएको थियो साथै क्याप्टेन यज्ञ बहादुर थापा प्रतिष्ठानको तर्फबाट अायोजना सम्पन्न गर्न जीवन थापाले पुर्व प्रधानमन्त्री सामु मागपत्र पेश गर्नु भएको थियो ।