समाजवादी पार्टी नेपालमा २५ पदाधिकारी घाेषणा : काे काे बने ?
काठमाडौं, २३ बैसाख ।
आज घोषणा गएिको नयाँ पार्टी समाजवादी पार्टी नेपालमा दुई अध्यक्ष र तीन महासचिवसहित पदाधीकारी चयन गरिएको छ ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समजवादी पार्टीले सत्तारुढ दल नेकपाकै सिको गर्दै दुईजना अध्यक्ष राखेको हो ।
। जसअनुसार विघटित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई संघीय परिषद् नेपालको अध्यक्ष बनेका छन् भने विघटित फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति अध्यक्षको जिम्मेवारी लिएका छन् ।
बाबुरामले देशभरका विभिन्न संघीय कमिटीहरुको नेतृत्व गर्ने भएका छन् । तत्कालीन एमालेबाट छुट्टिएर संघीय समाजवादी पार्टी नेपाल बनाएका अशोककुमार राई समाजवादी पार्टीमा वरिष्ठ नेता भएका छन् भने सह–अध्यक्षमा फोरमतर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी पार्टीको उपाध्यक्षमा आठजना राखीएको छ। जसमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् ।
त्यसैगरी पार्टीको महासचिवको जिम्मेवारी तीनजनालाई दिइएको छ । जसमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहाय प्रसाद यादव रहेका छन् ।
त्यसैगरी उपमहासचिवको जिम्मेवारी डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारीले पाएका छन्। त्यसैगरी पार्टीको सचिवमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र वसन्त सिंहलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी सचिवमा पछि मनोनयन गर्ने सहमति नेताहरुले गरेका छन् । सचिव २ जना राख्ने सहमति भएको छ । त्यसैगरी समाजवादी पार्टीको कोषाध्यक्षको जिम्मेवारी प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले पाएका छन् । बहुपदिय प्रणालीमा गएको नयाँ पार्टीमा व्यक्तिको भागबण्डालाई प्रमूख बनाइएको र विधिको विकास नभएको भन्दै आलोचना शुरु भएको छ ।