एनसेल विरूद्व देशव्यापी विराेध सत्तारूढ दलका युवा र विद्यार्थी नै सडकमा
काठमाण्डु, १२ वैशाख –
दूरसञ्चार प्रदायक निजी कम्पनी एनसेलले राज्यलाई कर नतिरेपछि देश व्यापी विराेध शुरू भएको छ ।
सत्तारुढ नेकपानिकट विद्यार्थी र युवा संगठनका नेताहरुले राज्यलाई कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सचेत गराउँदै जागरण अभियान सुरु गरेका छन् । यो अभियान तीन वर्ष पहिलेको भए पनि पुनः यसलाई निरन्तरता दिईएको हो ।
उनीहरुले एनसेलको सिम प्रयोग नगर्ने अभियान चलाएका हुन् । राज्यलाई तिनुपर्ने करकै विरुद्ध एनसेल अदालत पुगेपछि युवाहरु आक्रोशित बनेका हुन् ।
नेकपानिकट वाइसियल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरुले एनसेलको सिम प्रयोग नगर्न अपील गर्दै अभियान नै चलाएका छन् । सामाजिक सञ्जालमा पनि एनसेलका विरुद्ध चर्को आक्रोश पोखिएको छ ।
सत्तारुढ दलका अतिरिक्त नयाँ शक्ति नेपाल, विवेकशील साझा लगायतका दलका युवा विद्यार्थीहरु पनि एनसेलको सिम प्रयोग नगर्न अनुरोध गरेका छन् ।