नेकपा ३ नं प्रदेशले दियाे टाेर्नाडाे पीडितलाई १४ लाख ७० हजार र जिन्सी सहयाेग
काठमाडौं, २६ चैत – सत्तारूढ दल नेकपाकाे ३ नं. प्रदेश संगठन कमिटीले बारा पर्सा जिल्लामा अाएकाे ज्यानमारा अाँधी टाेर्नाडाेबाट पीडितलाई राहतस्वरूप नगद र जिन्सी सहयाेग हस्तान्तरण गरेकाे छ ।
प्रदेश ३ का ईन्चार्ज अष्टलक्ष्मी शाक्यकाे नेतृत्वमा गएको टाेलीले नगद १४ लाख ७० हजार तथा विभित्र जिन्सी सामग्री पीडितलाई हस्तान्तरण गरेकाे अध्यक्ष नारायण दाहालले जानकारी गराउनुभएकाे छ ।
अध्यक्ष दाहाल र सचिव अानन्दप्रसाद पाेखरेलद्वारा जारी प्रेस नाेटमा ६ सय ३० थान झुल र २० थान स्लिपिङ व्याग समेत प्रदान गरिएको जनाईएकाे छ । साथै सहयाेग र राहत संकलन जारी रहेकाे बताईएकाे छ ।
हेर्नुस् उनीहरूले जारी गरेकाे प्रेस नाेट –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णय अनुसार २ नं. प्रदेश अन्र्तगत बारा र पर्सा जिल्लामा १७ चैत्र २०७५ मा आएको टर्नेडो (चक्रवात) आधी हुरीबाट ध्वस्त भएको संरचनाको पुर्ननिमार्ण, तत्कालिन राहत वितरणको लागि ३ नं. प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र सहइन्चार्ज हित बा तामाङ, अध्यक्ष नारायण प्रसाद दाहाल र सचिव आनन्द प्रसाद पोखरेल लगायतको टोली, नेता, कायकर्ता र जनप्रतिनिधी २ नं. प्रदेश का नेता तथा कार्यकर्ताको उपस्थितिमा २४ चैत्र २०७५ का दिन राहत सामाग्री वितरण गरेको छ । राहतको रुपमा नगद रु १४७०३२० र जिन्सीमा ६३० थान झुल, २० थान सिल्पिङ व्याग, २९ थान कम्मल र ६० थान टिसर्ट र अन्य राहत सामग्री हस्तान्तरण गरिएको छ । आउदा दिनहरुमा पनि ३ नं. प्रदेश अन्र्तगत प्रदेश, स्थानिय तहबाट समेत राहात उठाउन पहल भैरहेकोले आधी हुरी प्रभावित पीडितलाई निरन्तर सहयोग गरिरहने व्यहोरा अनुरोध छ । हार्दिक अभिवादन सहित ।
नारायणप्रसाद दाहाल आनन्दप्रसाद पोखरेल
अध्यक्ष सचिव