हावाहुरी पीडितलाई एनअारएन बेल्जियमकाे सहयोग अभियान, १ लाख ५० हजार घाेषणा

काठमाडौं, १९ चैत –

नपालकाे बारा र पर्सा जिल्लामा अाईतबार अकस्मात अाएकाे असिना पानी सहितकाे हावाहुरीका कारण भएको धनजनकाे क्षतिमा गैरअावासिय नेपाली संघ बेल्जियमले सहयाेग अभियान शुरू गरेकाे छ ।

संघका अध्यक्ष लाेक प्रसाद दाहालले साेमबार एक विज्ञप्ति प्रकाशित गर्दै १लाख ५० हजार नगद सहयाेग राशी घाेषणा गर्दै सहयाेगकाे लागि अपिल गरेका हुन् ।

उनलेे हावाहुरीले कैयौंकाे मृत्यु, सयौं घाइते र हजारौंको घरबारविहिन भएको घटनाले बेल्जियममा रहेका नेपालीहरू स्तब्ध भएको बताएका छन् ।