नेकपा ३ नं प्रदेशले बनायो ४ महिने कार्ययोजना (कार्ययोजनासहित)

काठमाडौं, चैत ।
पार्टीको तल्लो तहको एकीकरण टुंग्याउन नसकेको सत्तारुढ नेकपाले प्रदेश स्तरको कमिटिलाई पूर्णता दिएको छ । कमिटिलाई पूर्णता दिएसँगै उसले प्रदेश स्तरिय बैठक पनि सम्पन्न गरेको छ ।

यसै क्रममा प्रदेश ३ का सदस्यहरुलाई यहि चैत १४ गते एक विशेष कार्यक्रमका बीच सपथ खुवाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी ओलीको उपस्थितिमा सपथ खुवाइएपछि तत्कालै बसेको प्रदेश कमिटिको बैठकले ४ महिने महत्वपूर्ण कार्ययोजना निर्माण गरेको छ ।

प्रदेश कमिटि अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बसेको बैठकले यही चैत १५ गतेदेखि असार मसान्तसम्मका लागि कार्ययोजना निर्माण गरेको हो । बैठकले आगामी जेठ १५ सम्ममा प्रदेश कमिटीको वैठक बसी सदस्यहरुको कार्यविभाजन सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यसैगरी आगामी असार १५ गते धान रोपाइ कार्यक्रम सबै जिल्लामा अखिल नेपाल किसान संघसँग समन्वय गरी अभियानको रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी स्थापना दिवस, माक्र्स जयन्ती लगायतका कार्यक्रमहरु मनाउने निर्णय पनि गरेको छ ।

यस्तो छ प्रदेश कमिटिको कार्ययोजना ः

३ नं. प्रदेश संगठन किमटीको यो प्रथम वैठकले आगामी चैत १५ गतेदेखि असार मसान्तसम्मका लागि निम्नअनुसार चौमासिक कार्ययोजनाको प्रस्ताव गर्दछ ।

प्रदेश संगठन कमिटीको वैठक : प्रत्येक ४ महिनामा गर्ने ।
कार्यालय व्यवस्थापन : चैत्र मसान्तसम्ममा गरिसक्ने ।
प्रदेश सदस्यको कार्यविभाजन : कार्यालय गठन, सचिवालय गठन र
प्रदेश सदस्यहरुको कार्यविभाजन– जेठ १५ सम्ममा प्रदेश कमिटीको वैठक बसी सम्पन्न गर्ने ।

सल्लाहकार परिषद गठन : वैशाख १५ सम्म सक्ने ।
ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन : वैशाख १५ सम्म सक्ने ।
स्थानीय पार्टी संगठन, सुदृढीकरण र एकीकरण – वैशाख मसान्तसम्ममा गरिसकिनेछ
जिल्लाहरुको प्रशिक्षण जेष्ठ मसान्तसम्ममा सम्पन्न गर्ने, पार्टी र सरकारहरुसँग अन्तरक्रिया
प्रदेश कमिटी र प्रदेश सरकार बीच बैठक : प्रत्येक ४ महिनामा गर्ने ।
प्रदेश पार्टी, संघीय सांसदहरु र प्रदेश सांसद बीच वैठक, अन्तरक्रिया कार्यक्रम जेठ मसान्तसम्ममा गर्ने ।

स्थानीय तहको सुदृढीकरण र प्रशिक्षण निम्नानुसार गर्ने :
स्थानीय तहको जननिर्वाचित प्रतिनिधिहरु बीच प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन वैशाख मसान्तसम्ममा गर्ने,
स्थानीय तहको कार्यमूल्याङ्कन, अनुगमन र प्रभाव मापन कार्यलाई प्रभावकारी गर्ने
जनवर्गीय संगठनको प्रशिक्षण आषाढ मसान्त सम्म संपन्न गर्ने
पार्टी स्थापना दिवस तथा स्मृति दिवस जिल्लाहरुले अन्तरक्रिया, गोष्ठी,

प्रशिक्षण र रचनात्मक कार्यक्रम गरी निम्नानुसार सञ्चालन गर्ने :

लेनिन जन्म जयन्ती तथा पार्टी स्थापना दिवस : (वैशाख ८–१०) त्रिदिवसीय रुपमा प्रवचन, भ्रमण गरी मनाउने
२०७६ वैशाख ८ गते प्रवचन तथा सम्मान कार्यक्रम गर्ने ।
२०७६ वैशाख ९ गते – क. पुष्पलालको स्मृतिमा रामेछापको भंगेरीमा भ्रमण गरी मनाउने
माक्र्स जन्म जयन्ती : २०७६ वैशाख २३ गते मनाउने, मदन आश्रित स्मृति दिवस २०७६ जेठ ३ गते मनाउने
कृषि विशेष कार्यक्रम :
आगामी २०७६ असार १५ गते धान रोपाइ कार्यक्रम सबै जिल्लामा अखिल नेपाल किसान संघसँग समन्वय गरी अभियानको रुपमा सम्पन्न गर्ने

बुलेटिन प्रकाशन : प्रत्येक ४ महिनामा – पहिलो अंक श्रावणमा प्रकाशन गर्ने
प्रदेश कार्यालय भवन निर्माण अभियान सञ्चालन गर्ने ।