रेडियो भाेटेअाेडारकी समाचार प्रमुख अधिकारी सम्मानित
लमजुङ, चैैैत –
नेपाल पत्रकार महासंघ लमजुङ शाखामा स्थापना गरिएको सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार बिमला अधिकारीलाई प्रदान गरिएको छ ।
महासंघको ६४ औं स्थापना दिवसको अवसरमा शनिबार मध्यनेपाल नगरपालिका ८, डडुवामा आयोजित कार्यक्रममा विगत ७ बर्षदेखि पत्रकारितामा क्रियाशील अधिकारीलाई नगद ३ हजार ५ रुपैया“सहित खदा र सम्मानपत्र दिइएको हो ।
रेडियो भोटेओडारका समाचार प्रमुख तथा विभिन्न अनलाइन र पत्रपत्रिकामा आवद्ध पत्रकार अधिकारीलाई पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे, पुरस्कारका संस्थापक श्रीकृष्ण लामिछाने, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा लगायतले सम्मान पत्रसहित पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार प्राप्त गरेपछि पत्रकार अधिकारीले पत्रकार महिला एउटा कसैको छोरी, कसैको बुहारी र एउटा आमा भएर पनि पत्रकारितामा क्रियाशील रहेको बताउ“दै महासंघले आफ्नो पत्रकारिताप्रति न्याय गरेको बताइन् ।
‘मेरो एउटा छोरी र एउटा छोरालाई हुर्काउँदै पत्रकारिता गर्दा मलाई कम्ती दुःख भएन । नानीबाबुलाई पिठ्युँमा बोकेर समाचार संकलन गर्न जाँदा, आउँदा, सम्पादन गर्दा, पढ्दाको समस्या भोगेको छु ।’
लमजुङको भोर्लेटारमा जन्मिएका सन्तोष लामिछानेको २०५३ साल फागुन २६ गते फागु पूर्णिमाको दिन घर नजिकै वसले किचेर निधन भएको थियो ।
श्रीकृष्ण लामिछानेले आफू उपाध्यक्ष रहेको समय भतिजको सम्झनामा २०६५ सालमा परिवारको तर्फबाट पत्रकार महासंघसंग समन्वय गरेर पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।