रंगकाे पर्व हाेली : पहाडमा सकियाे, तराईमा भाेली
काठमाडौं , ६ चैत – रंगहरूकाे रंगीन पर्व हाेली पहाडि भेगमा अाज मनाईएकाे छ । हाेली देशका सम्पूर्ण पहाडि भेगमा विभिन्न कार्यकर हर्षाेल्लासपुर्वक सम्पन्न भएको हाेे । हाेलीकाे अवसरमा काठमाडौं उपत्यकामा विशेष रूपले मनाईएकाे छ । हाेलीकाे अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएकाे थियाे ।
पहाडी भेगमा अाज हाेली मनाईए पनि तराईका भुभागमा भने भाेली बिहीबार हाेली मनाईने प्रचलन भएकाे हुनाले बिहीबार तराई क्षेत्रमा सार्वजनिक विदा गरिएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ ।
बुधबार बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका थिए । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका देखिन्थे ।
काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा विशेष कार्यक्रम गरेर हाेली मनाइएकाे हाे । कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका थिए ।
प्रहरीले काठमाडौं उपत्यकामा हाेली मनाउदा विशेष सावधानी अपनाउन तथा अमर्यादित कृयाकलाप गरेमा कडा कार्वाही गरिने चेतावनीसमेत जारी गरेकाे थियाे ।