ट्रम्पको घोषणाका विपक्षमा मतदान, ट्रम्प भन्छन् -भिटो लगाउँछु

न्युयोर्क, ३० फागुन ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोष्णाका विपक्षमा माथिल्लो सदनमा मतदान भएको छ ।

संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ। केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि ट्रम्प अप्ठ्यारोमा परेका हुन्।

१२ जना रिपब्लिकन सिनेट सदस्यहरूले आफ्नो पार्टीको निर्देशन विपरीत राष्ट्रपतिको आदेशको विपक्षमा मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो।

ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब भिटो भनिने विशेष अधिकार प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन्।

तर विपक्षी डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्र्याटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन्।
अमरिकी राष्ट्रपति ट्रम्प आफूले निर्वाचनमा उठाएको मुख्य एजेण्डा पर्खाल लगाउने घाोष्णामा अडिग भई दत्तचित्त भएर लागि परेका छन् । जसले गर्दा उनका कतिपय निर्णयहरु सर्वसम्मत गराउन उनलाई धेरै अप्ठ्यारो परेको छ ।