भ्रष्टाचार राेक्न नसकेको अालाेचनापछि पेरूका प्रधानमन्त्रीले दिए राजिनामा

काठमाडौं , २६ फागुन – पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएका जनाइएको छ ।

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।