मुल्य बढाउन ग्याँस उद्योगीलेे लुकाए ग्याँस, के गर्दैछ सरकार ?

काठमाडौं,२० फागुन –

बजारमा ग्याँसकाे अभाव देखिएकाे छ । नाकाबन्दी पनि छैन, उद्योग बन्द पनि छैनन् तर पनि ग्याँस पाइन छाडेको छ । ग्याँस उद्योगीहरूले विरोधका कार्यक्रम सार्वजनिक गरेकै भरमा ग्याँसकाे अभाव देखिनुमा मुल्य बढाउने प्रपन्च रहेकाे भनेर अालाेचना भएको छ ।

सरकारले अान्दोलन घाेषणा गरेका उद्योगी सँग वार्ताको वातावरण बनाएको देखिँदैन । सर्वसाधारण ग्याँस नपाएर छटपटाउन थाल्दा पनि वार्ताको वातावरण नबनाएकाे भनेर सरकारकाे पनि अालाेचना शुरू भइसकेकाे छ ।

मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन्  । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ उ ठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरित कार्य गर्न कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सबन्धिन निकाय मौन देखिन्छन् । उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च, वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो ।

यदि तत्काल यश विषयमा सरकार, उद्योग, बाणिज्य र अापुर्ती मन्त्रालयले कदम चालेर समस्या हल गर्न पहल नगरे यसले सर्वसाधारण जनताकाे दैनिक जिवनमा गम्भीर नकारात्मक असर पर्न जाने देखिन्छ । सरकार, उद्योगी र सराेकारवाला निकायले तत्काल समस्या समाधानमा पहल गर ।