नेपाल जापान विद्यार्थी समाजको पहिलो वार्षिकोत्सव

काठमाडौं,१३ जेठ ।
जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था नेपाल(जापान विद्यार्थी समाजले पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारी गरेको छ। मे २९ का दिन विभिन्न कार्यक्रम सहित वार्षिकोत्सव मनाउने तयारी गरिएको हो।

गोजी पात्रो वितरण, विधार्थी डायरी विमोचन, अध्ययन क्षेत्रबाट उच्च तहमा पुगेका व्यक्तित्वहरुलाई सम्मान लगायतका कार्यक्रम हुन लागेको आयोजकले जनाएका छन्। वार्षिकोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ।

टोकियोको सिनोकुबोस्थित टोकियो रोधी क्लबमा आयोजना हुने कार्यक्रम ११ बजे सुरु हुनेछ। कार्यक्रम फरक र उदाहरणी पार्न कोसिस गरिरहेको कार्यक्रम संयोजक एवंम समाजका महासचिव चेतन पौडेलले जानकारी दिए।

बिहान ११ बजेवाट सुरु हुने कार्यक्रममा पहिलो चरणमा औपचारिक कार्यक्रम हुनेछ। दोस्रो चरणमा स्थानीय कलाकारहरु युवराज आचार्य, रामकृष्ण बम मल्ल, सूर्य खड्का, विनोद भण्डारी, ,समुन्द्रराज पौडेल हास्यकलाकार कुमार श्रेष्ठ ुफर्सिलालु , दीपेशश्रेष्ठ, प्रदीप कार्की, केशव शर्मा, पूर्णसिंह तामाङको प्रस्तुति रहनेछ। नृत्यगंनाहरु संगीता क्ष्रेत्री, सनम शाही, प्रियंका चोखाल र दिव्या नेपालको प्रस्तुति हुने आयोजक संस्था नेपाल जापान विधार्थी समाजका अध्यक्ष सन्तोष चोखालले बताए।

विधार्थीहरूको कार्यक्रममा प्रवेश शुल्क लाग्ने छैन। अध्ययनका लागि जापान आएका विद्यार्थीको समूहले एक वर्षअघि नेपाल(जापान विद्यार्थी समाजको स्थापना गरेको हो।