अमेरिकामा नेपालीद्धारा अंग्रेजी पत्रिका प्रकाशन

क्यालिफोर्निया,९ जेठ ।
पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन्। शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे।
मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पुर्याेउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गरे।

अमेरिकामा नेपाली भाषामा पत्रिका प्रकाशन भइरहेको भए तापनि अङ्ग्रेजी भाषामा प्रकाशन भएको यो पहिलो पत्रिका भएको प्रधान सम्पादक पुरुषोत्तम ढकालले बताए। पत्रिकाको सम्पादक मण्डलमा योगेश उपाध्याय, राजेश मिश्र, रामेश्वर भण्डारी, सुदीप पन्त, डेभिड स्वान्सन र किशोर पन्थी रहेका छन्। रासस