यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
माओवादीहरुबीचको एकताले प्रबासमा बस्ने नेपाली खुशी. युएई, ७ जेठ ।. नेपालमा माओवादीहरुबीच भएको एकताले प्रबासमा बस्ने नेपालीहरु समेत खुशी भएका छन । बिभाजन भएको ४ बर्षपछी नेपालमा १० वटा माओवादी घटकहरुबीच भएको एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई मुलप्रबाहमा ल्याउने भन्दै युएई र कतारमा रहेका नेपालीहरुको संगठन नेपाली जनप्रगतिशिल मंचले प्रशन्नता ब्यक्त गरेका हो ।. युएई र कतारका माओबादी निकट संगठनहरुले बिज्ञप्ती जारी गर्दै जेष्ठ ६ गतेका दिनलाई सिङो माओवादी आन्दोलनको लागि ऐतिहासिक दिन रहेको बताएका छन । १० बर्षे जनयुद्धमा शहादत प्राप्त महान सहीद, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारको लागि उक्त दिनले थप उत्साह ल्याएको भन्दै माओवादी घटकहरुको एकता र एकिकरणले सहीदहरुको सपना साकार पार्ने ऐतिहासिक दिनको रुपमा संगठनले लिएको जनाईएको छ ।. युएईका लागि निबर्तमान अध्यक्ष तथा अधिबेशन आयोजक समितीका संयोजक् हेमन्त पौड्याल, कतारका लागि महासचिब जेबी राई तुफान र अध्यक्ष शनी कुमार ओलीले जारी गर्नु भएको बेग्ला बेग्लै बिज्ञप्तीमा भनिएको छ, सम्पन्न एकता अधिबेशनले निर्दिस्ट गरेका पार्टीका राजनैतीक र सांगठानिक कार्यदिशाले पार्टीलाई नयाँ उचाईमा पुर्याउने ठहर गर्दै हाम्रो संगठन नेपाली जनप्रगतिशिल मंच पार्टी एकताप्रती आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।. यसै बिच आज शुक्रबार युएईमा रहेका माओवादीहरुको संयुक्त बैठक बस्ने भएको छ । आज बसेको बैठकले युएईमा रहेका सबै माओवादीहरुलाई एकिकृत गरी छिट्टै नै संगठनको अधिबेशन गरिने मंचका निबर्तमान अध्यक्ष तथा अधिबेशन आयोजक समितीका संयोजक हेमन्त पौड्यालले बताए ।. बिज्ञप्ती.
माओवादीहरुबीचको एकताले प्रबासमा बस्ने नेपाली खुशी
युएई , ७ जेठ ।
नेपालमा माओवादीहरुबीच भएको एकताले प्रबासमा बस्ने नेपालीहरु समेत खुशी भएका छन । बिभाजन भएको ४ बर्षपछी नेपालमा १० वटा माओवादी घटकहरुबीच भएको एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई मुलप्रबाहमा ल्याउने भन्दै युएई र कतारमा रहेका नेपालीहरुको संगठन नेपाली जनप्रगतिशिल मंचले प्रशन्नता ब्यक्त गरेका हो ।
युएई र कतारका माओबादी निकट संगठनहरुले बिज्ञप्ती जारी गर्दै जेष्ठ ६ गतेका दिनलाई सिङो माओवादी आन्दोलनको लागि ऐतिहासिक दिन रहेको बताएका छन । १० बर्षे जनयुद्धमा शहादत प्राप्त महान सहीद, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारको लागि उक्त दिनले थप उत्साह ल्याएको भन्दै माओवादी घटकहरुको एकता र एकिकरणले सहीदहरुको सपना साकार पार्ने ऐतिहासिक दिनको रुपमा संगठनले लिएको जनाईएको छ ।
युएईका लागि निबर्तमान अध्यक्ष तथा अधिबेशन आयोजक समितीका संयोजक् हेमन्त पौड्याल , कतारका लागि महासचिब जेबी राई तुफान र अध्यक्ष शनी कुमार ओलीले जारी गर्नु भएको बेग्ला बेग्लै बिज्ञप्तीमा भनिएको छ, सम्पन्न एकता अधिबेशनले निर्दिस्ट गरेका पार्टीका राजनैतीक र सांगठानिक कार्यदिशाले पार्टीलाई नयाँ उचाईमा पुर्याउने ठहर गर्दै हाम्रो संगठन नेपाली जनप्रगतिशिल मंच पार्टी एकताप्रती आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
यसै बिच आज शुक्रबार युएईमा रहेका माओवादीहरुको संयुक्त बैठक बस्ने भएको छ । आज बसेको बैठकले युएईमा रहेका सबै माओवादीहरुलाई एकिकृत गरी छिट्टै नै संगठनको अधिबेशन गरिने मंचका निबर्तमान अध्यक्ष तथा अधिबेशन आयोजक समितीका संयोजक हेमन्त पौड्यालले बताए ।
बिज्ञप्ती
